Technology Khabar १५ बैशाख २०८२, सोमबार
काठमाडौं ।
गुगलले जेमिनीलाई कार र स्मार्टवाचमा ल्याउनको लागि काम गरिरहेको कम्पनीका सीईओ सुन्दर पिचाईले घोषणा गरेका छन्।
पिचाईले ट्याब्लेट र हेडफोनले “यस वर्षको उत्तरार्धमा” जेमिनीमा गुगल एसिस्टेन्टको अपडेट प्राप्त गर्ने कुरा पनि उल्लेख गरेको विदेशी मिडियालाई उद्धृत टेलिग्राफले रिपोर्ट गरेको छ।
“हामी जेमिनीमा मोबाइल डिभाइसहरूमा गुगल एसिस्टेन्टलाई सुधार गर्दैछौं, र यस वर्षको अन्त्यतिर हामी ट्याब्लेट, कार र तपाईंको फोनमा जडान हुने डिभाइसणहरू, जस्तै हेडफोन र वाच (घडी) हरूमा यसलाई सुधार गर्नेछौं” गुगलको अभिभावक कम्पनी अल्फाबेटको पहिलो त्रैमासिक आय कलकमा पिचाईले बताए।
यसबाहेक अन्य कुनै विवरणको बारेमा थप उल्लेख नगरिएको बताइएको छ।
गुगलले जेमिनीमा धेरै समय र पैसा लगानी गरेको छ। त्यसैले हरेक डिभाइस र प्लेटफर्ममा जेमिनी देखा पर्नु समयको कुरा मात्र भएको बताइएको छ जहाँ गुगल सफ्टवेयरको लागि जिम्मेवार रहेको टेलिग्राफले उल्लेख गरिएको छ।
प्रकाशित: १५ बैशाख २०८२, सोमबार