चालकसँग इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर‘ कार्यक्रम सम्पन्न

Technology Khabar १४ बैशाख २०८२, आईतवार

चालकसँग इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर‘ कार्यक्रम सम्पन्न

काठमाडौं ।

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ शीर्षकमा सत्र आयोजना गरेको छ।

यो कार्यक्रमा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण, साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व जस्ता महत्वपूर्ण विषयहरु समेटिएका थिए । सत्रको मूल उद्धेश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु थियो।

कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेशन दिइयो।

इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण, र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ।

इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभमा हामी यो दृढ विश्वास गर्छौ कि हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा सीमित छैन- यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण, र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ। ‘द बेटर ड्राइभः इनिसिएटिभ- मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत हामी एकजुट, सुरक्षित, र समर्पित राइड–हेलिङ्ग समुदायको निर्माणमा योगदान पु‍र्याउन चाहन्छौं। यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।‘

‘द बेटर ड्राइभः इनिसिएटिभ-मनि, माइण्ड, म्यानर‘ न केवल शहरी यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने दिशामा एक कदम भएको कम्पनीको भनाई छ।

Sajilo Visa

प्रकाशित: १४ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार