Technology Khabar १४ बैशाख २०८२, आईतवार
काठमाडौं ।
सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह प्रादेशिक अस्पतालको सिटी स्क्यान मेसिन पाँच दिनदेखि बिनिएपछि बिरामीलाई सास्ती भएको छ। राजविराज नगरपालिका-७ को ६८ वर्षीय उर्मिलादेवी वैश्य उपचारका लागि बुधबार अस्पताल आउँदा डाक्टरले उनको तत्कालै सिटी सक्यान गर्नुपर्ने बताएका थिए। मेसिन बिग्रिएकाले सिटी स्क्यान गराउन नसकेको उनको गुनासो छ।
उनले भनिन्, “अस्पतालमा सिटी स्क्यान मेसिन भए पनि मेसिन बिग्रेका कारण बिरामीलाई सेवा पाउन कठिन भएको छ।” यहाँ सिटी स्क्यान नहुँदा जिल्लाबाहिर जानैपर्ने बाध्यताको सिर्जना भएको छ।
उपचारका लागि बुधबार अस्पताल आएका विष्णुपुर गाउँपालिका-३ का रामकिसुन यादबले सिटी स्क्यान पटक पटक बिग्रिने, राम्रो भएको बेला पनि चलाउने कर्मचारी नभएको भन्दै आलटाल गर्ने गरेको गुनासो गरे।
उनले भने, “अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरेको पाँच वर्ष भइसक्दासमेत बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। म पनि सिटी स्क्यान गराउन आएको थिएँ। भिरोको जानकारी पाए अन्यत्र जानुपर्ने बाध्यता भयो।”
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहले पाँच दिनदेखि सिटिस्क्यान मेसिन बिग्रिएपछि बिरामी सेवाबाट वञ्चित भएको स्वीकार गरे। उनले भने, “मेसिनमा समस्या देखिएको छ। मर्मतका लागि सम्बन्धित कम्पनीको इन्जिनियर नै चाहिने भएको र दुई लाख रुपियाँ खर्च लाग्ने भएकाले सोबमोजिम सोमबार सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौं।”
आजको गोरखापत्रबाट
प्रकाशित: १४ बैशाख २०८२, आईतवार