Technology Khabar १४ बैशाख २०८२, आईतवार
काठमाडौं ।
वर्षको पहिलो शाओमी फोनहरू मध्ये एक रेडमी टर्बो ४ ले अब प्रो भेरियन्टको सिक्वेलको रुपमा रेडमी टर्बो ४ प्रो प्राप्त गरेको छ। यो रेडमी टर्बो ४ प्रो क्वालकमको स्न्यापड्रागन ८एस जेन ४ चिपसेटको साथ लन्च हुने पहिलो फोन भएको बताइएको छ जुन १६जीबी र्याम र १टीबी स्टोरेजको साथ कन्फिगर (सेटअप) गर्न योग्य भएको बताइएको छ।
टर्बो ४ प्रो मा ९० वाट चार्जिङको साथ विशाल ७,५५० एएमएच सिलिकन–कार्बन ब्याट्री समावेश गरिएको छ। ब्याट्रीलाई पावरबैंकको रूपमा प्रयोग गर्न सकिने र २२.५ वाट गतिमा रिभर्स वायर्ड चार्जिङको साथ अन्य डिभाइसहरू पनि चार्ज गर्न सकिने उल्लेख गरिएको छ।
त्यसैगरी, टर्बो ४ प्रो मा २,७७२ × १,२८०पिक्सेल रिजोल्युसन र १२०हर्ज रिफ्रेस दरको साथ ६.८३ इन्चको ओएलईडी स्क्रिन रहेको छ। प्यानलमा अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर पनि उपलब्ध रहेको र शाओमीले १,६०० निट्स सम्मको लोकल ब्राइटनेसको रुपमा विज्ञापन गरिरहेको उल्लेख छ।
टर्बो ४ प्रो को पछाडिको भागमा ५० मेगापिक्सेलको मुख्य क्यामरा (एलवाईटी–६००) र नन्–प्रो रेडमी टर्बोको जस्तै ८ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल रहेको छ। डिभाइसको सफ्टवेयर एन्ड्रोइड १५ मा आधारित शाओमी हाइपरओएस २ द्वारा कभर गरिएको छ। साथै फोन आईपी६८ वाटर एण्ड डस्ट रेसिस्टेन्ट (पानी र धुलो प्रतिरोधी) रहेको उल्लेख गरिएको छ।
रेडमी टर्बो ४ प्रो कालो, सेतो र हरियो रंगहरूमा आउने छन्। शाओमीले वार्नर ब्रदर्ससँग साझेदारी गरेर विशेष ह्यारी पोटर संस्करणमा पनि ल्याएको छ।
टर्बो ४ प्रो को १२/२५६जीबी आधार संस्करणको लागि १,९९९ चिनियाँ युआन (२७४ अमेरिकी डलर) बाट मूल्य सुरु हुन्छ भने १६ जीबी र्याम र १ टीबी मोडेलको लागि २,९९९ चिनियाँ युआन (४११ अमेरिकी डलर) मूल्य रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ
प्रकाशित: १४ बैशाख २०८२, आईतवार