जीमेल प्रयोगकर्ताहरू ह्याक हुने गम्भीर जोखिममा: इनबक्समा यस्ता इमेलहरूबाट होसियार हुनुहोस् !

Technology Khabar ९ बैशाख २०८२, मंगलवार

जीमेल प्रयोगकर्ताहरू ह्याक हुने गम्भीर जोखिममा: इनबक्समा यस्ता इमेलहरूबाट होसियार हुनुहोस् !

काठमाडौं ।

जीमेल प्रयोगकर्ताहरूका लागि ठूलो स्क्यामको चेतावनी आएको छ, जसले प्रयोगकर्ताको खातामा अनधिकृत पहुँच बनाएर व्यक्तिगत डाटा चोर्न सक्ने सम्भावना रहेको गुगलले जनाएको छ।

अर्बौं प्रयोगकर्ताहरूले प्रयोग गर्ने यस मेल प्रणालीमा सुरक्षा सुधार गरिए तापनि, ह्याकरहरू पनि झनै स्मार्ट र चलाख बन्दै गइरहेका छन्, जसका कारण कतिपय अवस्थामा प्रयोगकर्ताले खतरा महसुस गर्न पनि सक्दैनन्।

नयाँ जीमेल स्क्यामबारे गुगल चिन्तित

गुगलका अनुसार, हाल एउटा गम्भीर मालवेयर अभियान तीव्र गतिमा फैलिँदैछ, जसमार्फत ह्याकरहरूले प्रयोगकर्तालाई ठगी गरिरहेका छन् र उनीहरूको व्यक्तिगत विवरण मागिरहेका छन्।

यो चेतावनी प्रयोगकर्ता निक जोनसनले एक्समा पोस्ट गरेको एक डरलाग्दो अनुभवपछि आएको हो। उनले प्राप्त गरेको इमेलको ढाँचा निकै आधिकारिक देखिने खालको थियो, जुन सामान्य प्रयोगकर्तालाई शंकास्पद लाग्दैन।

जोनसनले बताए अनुसार उक्त इमेलमा उनको गुगल खाताबारे जारी गरिएको अदालतको आदेशको कुरा उल्लेख गरिएको थियो। इमेलमा दिइएको लिंक गुगलको सपोर्ट पेजजस्तो देखिन्थ्यो, तर वास्तवमा त्यो ह्याकरहरूले बनाएको फिसिङ साइट थियो जहाँ प्रयोगकर्ताले आफ्नो विवरण दिनुपर्ने गरी जाल बिछ्याइएको थियो।

यस्ता इमेल कसरी चिन्ने?

जोनसनले बताए अनुसार उक्त इमेल गुगलको सुरक्षा प्रणाली पार गरेर सीधै इनबक्समा आएकोले पनि यो स्क्यामको डर छ। आदेशसम्बन्धी सूचना गुगलबाट सामान्यतया इमेलमार्फत आउँदैन, त्यसैले यस्ता इमेल जति नै आधिकारिक देखिए पनि, लिंक नखोल्न गुगलले सुझाव दिएको छ।

गुगलले यो फिसिङ अभियानको विस्तारबारे जानकारी दिएको छ र ह्याकरहरूले जीमेलको प्रणालीमा रहेको कमजोरी कसरी दुरुपयोग गरिरहेका छन् भन्ने पनि बताएको छ। कम्पनीले छिट्टै सुरक्षासम्बन्धी अपडेट ल्याउने जनाएको छ।

के गर्ने?

नयाँ सुरक्षा अपडेट नआउन्जेल प्रयोगकर्ताहरूले यस्तो धम्कीपूर्ण वा चेतावनी दिने खालका इमेलहरू नखोल्न र क्लिक नगर्नु उपयुक्त हुने गुगलले बताएको छ। साथै जीमेल खाताको सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेशन र पास की प्रयोग गर्नुपर्ने सल्लाह पनि दिएको छ।

Sajilo Visa

प्रकाशित: ९ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार