इण्डी एप स्पटलाइटः ‘पिङ पङ क्लब’ ले एप्पल भिजन प्रोमा रियलस्टिक टेबल टेनिस ल्यायो

Technology Khabar ९ बैशाख २०८२, मंगलवार

इण्डी एप स्पटलाइटः ‘पिङ पङ क्लब’ ले एप्पल भिजन प्रोमा रियलस्टिक टेबल टेनिस ल्यायो

काठमाडौं ।

पिङ पङ क्लब एप्पल भिजन प्रोको लागि एक रियलस्टिक (यथार्थपरक) टेबल टेनिस सिम्युलेटर हो। यसले स्पेसल अडियोलाई समर्थन गर्दै अन्थेटिक गेमप्ले अनुभवको लागि डायनामि लाइटिङ (गतिशील प्रकाश) प्रदान गर्दछ। हात ट्र्याकिङमा मात्र भर परे पनि, यसले वास्तवमा धेरै राम्रोसँग काम गर्ने बताइएको छ।

सुविधाहरूः
पिङ पङ क्लबले सबै प्रकारका खेलाडीहरूको लागि धेरै विकल्पहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

यसमा विभिन्न एआई खेलाडीहरू विरुद्ध अनौपचारिक रूपमा आफैं खेल्न सकिने बताइएको छ। साथै यसमा चारवटा कठिनाई स्तरहरू समावेश गरिएको हुनाले यो प्रत्येक प्रकारका टेबल टेनिस खेलाडीहरूको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।

त्यसैगरि, गेम सेन्टरसँग रियल–टाइम मल्टिप्लेयर पनि उपलब्ध रहेको बताइएको छ जसले तपाईंलाई आफ्ना साथीहरू विरुद्ध (मानौं तिनीहरूसँग पनि एप्पल भिजन प्रो छ) खेल्न अनुमति दिनेछ।

यसबाहेक यसमा र्याली मोडमा पनि खेल्न सकिने उल्लेख गरिएको छ जसले खेलाडीहरूको सीपलाई सीमामा धकेल्ने बताइएको छ। साथै प्याडलको लागि धेरै सेटिङहरू पनि उपलब्ध रहेको बताइएको छ जसले खेलाडीहरूलाई आफूले चाहेअनुसार चीजहरू डायल गर्न अनुमति दिने उल्लेख गरिएको छ।

एप डाउनलोड गर्नुहोस्ः
पिङ पङ क्लब भिजनओएस २.० र पछिको संस्करण चलिरहेको एप्पल भिजन प्रोमा निःशुल्क उपलब्ध छ। कुनै अतिरिक्त इन–एप खरिदहरू आवश्यक नपर्ने र पूर्ण अनुभव निःशुल्क पाउन सकिने उल्लेख गरिएको छ।

भविष्यमा, विकासकर्ताले थप खेल मोडहरू, गेम सेन्टर लिडरबोर्डहरू र उपलब्धिहरूका साथै रिफ्रेस्ड यूआई सहित धेरै सफा क्षमताहरू थप्ने योजना बनाएको ९टु५म्याकले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया