एस एम एल इसुजुको नेपालका लागी एक मात्र आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप नियुक्त

Technology Khabar ८ बैशाख २०८२, सोमबार

एस एम एल इसुजुको नेपालका लागी एक मात्र आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप नियुक्त

काठमाडौं ।

एस एम एल इसुजुले नेपालका लागी एक मात्र आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ। जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ।

कम्पनीकाअनुसार, नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एस एम एल इसुजुका सवारी साधानहरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले बिगत सात वर्ष देखी एस एम एल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अझै बिस्तार गर्दै लैजाने कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए।

खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने छ। “यस ब्राण्ड प्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनत लाई मध्यनजर गर्दै एसएमएल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो।” उनले भने।

एस एम एल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बस अन्र्तगत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् । स्कुल बस सेग्मेन्टमा यस ब्राण्ड लामो समयदेखि बजार अग्रणी रहेको पनि जानकारी गराएको छ।

Sajilo Visa

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया