Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
लेनोभोले आफ्नो नयाँ शाओशिन फाइभजी सीपीई मोबाइल राउटर ल्याएको छ। कम्पनीले भारी हार्डवेयर वा महँगो मूल्य ट्याग बिना नै धेरै ठाउँहरूमा फाइभजी कनेक्टिभिटी ल्याइरहेको छ।
लेनोभोको पछिल्लो शाओशिन फाइभजी सीपीई मोबाइल राउटरले स्लिक डिजाइनलाई आश्चर्यजनक स्तरको लचिलोपनसँग ब्लेण्ड (मिसाउनु) गरेको उल्लेख छ, जसले गर्दा कर्ड काट्न वा ब्याकअपको रूपमा राख्न चाहने जो कोहीको लागि यो आकर्षक विकल्प हुने बताइएको छ।
लेनोभो शाओशिन फाइभजी सीपीईको स्पेसिफिकेसनहरू
युनिसोक भी५१० चिप, ६एनएम बेसब्याण्ड प्रोसेसरले सुसज्जित भएको फाइभजी सीपीई राउटरले अघिल्लो पुस्ताको तुलनामा पर्फमेन्स र पावर इफिसियन्सी दुवै बढाएको उल्लेख छ।
यसले नेटवर्क अवस्थाहरूमा निर्भर गर्दै २ जीबीपीएस सम्मको उच्चतम डाउनलोड गति र लगभग ९०० एमबीपीएस को अपलोड समर्थन गर्दछ। त्यसैगरी फाइभजी उपलब्ध नहुँदा, यो निर्बाध रूपमा फोरजी नेटवर्कहरूमा फिर्ता आउने बताइएको छ।
राउटरमा भर्सटायल ट्रिपल–सिम सेटअप समावेश गरिएको छ। यसमा दुईवटा बिल्ट–इन फाइभजी सिमहरू (चाइना मोबाइल र चाइना युनिकम) र चाइना टेलिकम सहित सबै प्रमुख चिनियाँ क्यारियरहरूबाट कार्डहरूलाई समर्थन गर्ने अतिरिक्त स्लट समावेश उपलब्ध छ। वायर्ड कनेक्सन रुचाउनेहरूका लागि, यसमा ब्रोडब्याण्ड पहुँचको लागि गिगाबिट इथरनेट पोर्ट रहेको उल्लेख छ।
वायरलेस फ्रन्टमा, यस राउटरले २.४गिगाहर्ज र ५गिगाहर्ज फ्रिक्वेन्सीहरूमा डुअल–ब्याण्ड वाई–फाई समर्थन गर्दछ। पूर्ण ओएफडीएमए र २×२ एमआईएमओ समर्थनको साथ २.४गिगाहर्ज ब्याण्डले ८०२.११एएक्स (वाई–फाई ६) प्रयोग गर्दछ भने ५गिगाहर्ज ब्याण्डले ८०२.११एसी मा रन गर्ने बताइएको छ। यसले हाइयर ब्याण्डमा ८० मेगाहर्ज च्यानल चौडाइ पनि प्रदान गर्नेछ, जसले धेरै डिभाइसहरूको लागि डाटा थ्रुपुट सुधार गर्दछ।
यस बाहेक राउटरमा ५१२एमबी र्याम प्याक गरिएको बताइएको छ, जसले गर्दा यसले पर्फमेन्समा ड्रप (गिरावट) बिना एकैसाथ २४ डिभाइसहरू ह्यान्डल गर्न सक्ने उल्लेख गरिएको छ। स्मार्टफोन र ल्यापटपदेखि स्मार्ट टिभी र प्रिन्टरहरूसम्म, शाओशिन फाइभजी सीपीई सबै कुरा सहज रूपमा कनेक्ट (जडान) राख्नको लागि बनाइएको उल्लेख गरिएको छ।
फ्यानलेस भर्टिकल (ठाडो) डिजाइन रहेको राउटर साकुरा ह्वाइट (सेतो) रङ्गमा उपलब्ध हुने बताइएको छ। राउटरको ताप इन्टरनल एल्युमिनियम हीटसिङ्क मार्फत व्यवस्थित गरिने बताइएको छ। लेनोभोले टिकाउपनको लागि एकाइको परीक्षण गरेको बताइएको छ। १५,००० घण्टा भन्दा बढी निरन्तर सञ्चालन र ड्रप प्रतिरोध जाँचहरूले राउटरको दीर्घकालीन विश्वसनीयता सुनिश्चित गरेको उल्लेख छ।
सुरक्षाको हिसाबले, यो एक समर्पित इन्क्रिप्शन चिप, फायरवाल सपोर्ट, एन्टी–हाइज्याक प्रोटोकलहरू र इण्न्ड–टु–इण्ड इन्क्रिप्टेड कम्युनिकेसनको साथ आउने बताइएको छ। शाओशिन फाइभजी सीपीई मोबाइल राउटर, जेडी डट कम मा ६२९ युआन (लगभग ८६ अमेरिकी डलर) मा उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ बैशाख २०८२, सोमबार