निओ फायरफ्लाइले ड्राइभर असिस्ट सिस्टमलाई पावर दिन होराइजन रोबोटिक्सको चिप्स प्रयोग गर्ने

Technology Khabar ८ बैशाख २०८२, सोमबार

निओ फायरफ्लाइले ड्राइभर असिस्ट सिस्टमलाई पावर दिन होराइजन रोबोटिक्सको चिप्स प्रयोग गर्ने

काठमाडौं ।

चिनियाँ इभी कम्पनी निओको तेस्रो ब्रान्ड, फायरफ्लाइको पहिलो मोडेलले स्थानीय स्मार्ट ड्राइभिङ समाधान प्रदायक होराइजन रोबोटिक्सबाट उत्पादित चिप्स प्रयोग गर्ने भएको छ, जुन कम लागत भएको मोडेलमा प्रमुख योगदान कारकहरू मध्ये एक हुन सक्छ।

होराइजन रोबोटिक्सद्वारा वेइबोमा पोस्ट गरिएको तस्बिरमा भएका टेक्स्टहरूले देखाएअनुसार, फायरफ्लाइले निओसँगको साझेदारीमा आफ्नो पहिलो मोडेलको सुरुवात गर्दै गरेको सीएनइभीपोस्टले रिपोर्ट गरेको छ।

होराइजन रोबोटिक्सको कम्प्युटिङ सलुसनको जर्नी (Journey) श्रृंखलाले सुसज्जित फायरफ्लाइ सवारी साधनहरूमा गतिशील ड्राइभिङ अनुभव (dynamic driving experience) हुने कम्पनीले भन्यो।

फायरफ्लाइले प्रयोगकर्ताहरूलाई उत्कृष्ट ह्यान्डलिङ र बुद्धिमानी अनुभव प्रदान गर्नेछ र शहरी अन्वेषणको लागि यो सबैभन्दा राम्रो सानो गाडी हुने होराइजन रोबोटिक्सले बताएको छ।

निओको स्थानीय प्रतिस्पर्धी ली अटो पनि होराइजन रोबोटिक्सको प्रमुख ग्राहकहरू मध्ये एक हो, जसले आफ्नो एडी प्रो ड्राइभर-सहायता प्रणाली-सुसज्जित सवारी साधनहरूमा कम्पनीको चिप्स प्रयोग गर्दछ।

Sajilo Visa

प्रकाशित: ८ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया