वीर अस्पतालले सस्तो मूल्यमा ‘कक्लिअर इम्प्लान्ट’ सेवा प्रदान गर्ने

Technology Khabar ७ बैशाख २०८२, आईतवार

वीर अस्पतालले सस्तो मूल्यमा ‘कक्लिअर इम्प्लान्ट’ सेवा प्रदान गर्ने

काठमाडौं ।

महँगो मूल्य पर्ने कानको सुनाइ उपकरण जडान गर्ने शल्यक्रिया कक्लिअर इम्प्लान्ट’ वीर अस्पतालले नियमित रूपमा गर्ने भएको छ। सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिने भएपछि बोरमा नियमित कक्लिअर इम्प्लान्ट’ गरिने भएको हो।

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार यो उपकरणको १३ लाख रुपैयाँसम्म पर्छ। उनले भने, “सरकारले अनुदान दिएपछि छ/सात लाख रुपियाँना कानको सुनाइ उपकरण जडान हुने छ।”

शर्माले अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषन तथा कक्लिअर इम्प्लान्ट सर्जन डा. रविभूषण सुबालको टिमले दुई जना वयस्क व्यक्तिमा कक्लिअर इम्प्लान्ट गर्दै सेवा सञ्चालन गरिएको बताए।

अस्पतालका वरिष्ठ नाक, कान, घाँटीरोग विशेषन प्राडा दीपेन्द्र श्रेष्ठले यसअघि उक्त शल्यक्रिया गरिएको भए पनि भारतबाट चिकित्सक बोलाएर उनीहरूको सहयोगमा इम्प्लान्ट गरिएको जानकारी दिए।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: ७ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया