वानप्लस १३एस को विवरण लीक भयो, आगामी जुन महिनामा अनावरण हुने अफवाह

Technology Khabar ७ बैशाख २०८२, आईतवार

वानप्लस १३एस को विवरण लीक भयो, आगामी जुन महिनामा अनावरण हुने अफवाह

काठमाडौं ।

वानप्लसले अप्रिल २४ तारिखमा चीनमा सानो फ्ल्यागशिप डिभाइसको रूपमा १३टी लन्च गर्दैछ। त्यसैगरी ब्रान्डले नोर्ड सीई५ मिड–रेन्जरमा पनि काम गरिरहेको बताइएको छ। यसै क्रममा आज एउटा नयाँ रिपोर्टले ‘वानप्लस १३एस’ नामक अर्को नयाँ वानप्लस स्मार्टफोन चाँडै आउँदैछ भनेर दाबी गरेको छ।

वानप्लस १३एस जुन महिनाको अन्त्यसम्ममा भारतमा रिलिज हुने अनुमान गरिएको छ। यो भारतीय बजारमा मात्र विशेष हुनेछ वा अन्यत्र बजारमा पनि उपलब्ध हुनेछ भन्ने बारेमा भने स्पष्टता नभएको उल्लेख छ। आजको नयाँ रिपोर्टको स्रोतले भने भारतमा लन्च भएपछि वानप्लस १३एस विश्वव्यापी रोलआउट हुन सक्ने उल्लेख गरेको छ।

फोनमा १२० हर्ज रिफ्रेस रेटको साथ १.५के रिजोल्युसन एएमओएलईडी स्क्रिन हुने अफवाह रहेको छ। यो डिभाइसमा स्पष्ट रुपमा विवरण नखुलाइएको स्न्यापड्रागन ८ सिरिज एसओसी समावेश गरिने बताइएको छ जुन १६जीबी सम्मको र्याम र ५१२जीबी सम्मको स्टोरेजसँग पेयर्ड गरिने उल्लेख गरिएको छ। यसमा सोनी सेन्सर्स र ओआईएस सहितको ट्रिपल रियर क्यामरा सेटअप रहने भनिएको छ। ती तीन शूटरहरू मध्ये एक “सम्भावित” टेलिफोटो हुने उल्लेख गरिएको छ।

त्यसैगरी सेल्फीहरूको लागि डिभाइसमा ३२ मेगापिक्सेलको स्न्यापर हुने र यसले अक्सिजनओएस १५ सहित एन्ड्रोइड १५ रन गर्ने उल्लेख गरिएको छ। वानप्लस १३एस मा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर (अप्टिकल वा अल्ट्रासोनिक मध्ये एक) पनि हुनेछ भने, धुलो र पानी प्रतिरोधको लागिआईपी६८ वा आईपी६९ रेटिङका साथै ८० वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङको लागि समर्थन रहेको ६,००० एमएएच वा ठूलो ब्याट्री समावेश गरिने बताइएको छ।

यो डिभाइस ओब्सिडियन ब्ल्याक र पर्ल ह्वाइट गरी दुई रङहरूमा उपलब्ध हुने उल्लख छ। भारतमा यसको मूल्य लगभग ५५,००० भारतीय रुपैयाँ (६४२ अमेरिकी डलर वा ५६५ यूरो) वरपर हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ७ बैशाख २०८२, आईतवार

तपाइको प्रतिक्रिया