Technology Khabar ६ बैशाख २०८२, शनिबार
काठमाडौं ।
क्लोड एआई अब गुगल वर्कस्पेससँग इन्टिग्रेट (एकीकृत) हुने एन्थ्रोपिकले घोषणा गरेको छ। यो सुविधाले अब एआई एसिस्टेण्टलाई जीमेल, गुगल डकुमेन्ट र गुगल क्यालेन्डरमा स्टोर गरिएको कुनै पनि जानकारी पहुँच गर्न अनुमति दिनेछ।
जानकारी पुनः प्राप्तिलाई छिटो र सटीक बनाउने उद्देश्यको साथ व्यापार प्रयोगकर्ताहरूले विशेष कागजात सूचीकरण सुविधाबाट पनि लाभ उठाउनेछन्। यो अपडेटले क्लोड एआईलाई बैठकहरू र कार्यक्रमहरूको योजना बनाउन वा गुगल इकोसिस्टम भित्र जानकारीमा राम्रो पहुँचको लागि अझ उपयोगी बनाउन सक्ने बताइएको छ।
गोप्य डाटा सुरक्षित गर्न व्यापार विकल्प विशेष सुरक्षा नियन्त्रणहरूसँग आउने बताइएको छ भने अन्य प्रयोगकर्ताहरूले क्लोडलाई इमेल वा कागजातहरूमा स्टोर हुन सक्ने संवेदनशील जानकारी पहुँच गर्नबाट कसरी रोक्न सक्छन् भन्ने बारे कुनै विवरण प्रदान नगरिएको उल्लेख छ।
गुगल वर्कस्पेससँगको इन्टिग्रेसन (एकीकरण) अब सबै एन्थ्रोपिक सदस्यहरूको लागि बिटामा उपलब्ध हुने बताइएको छ।
एन्थ्रोपिकले अनुसन्धान सुविधा पनि थपेको उल्लेख छ। यस तरिकाले सोधिएका प्रश्नहरूको उद्देश्य भनेको विस्तृत उत्तरहरू प्रदान गर्नु भएको बताइएको छ जसले सोधिएका प्रश्नको स्वचालित रूपमा फरक दृष्टिकोणहरू अन्वेषण गर्ने र खुला मुद्दाहरूको व्यवस्थित विश्लेषण गर्ने उल्लखे गरिएको छ।
यो सुविधालाई गुगल इन्टिग्रेसनसँग कम्बाइन (मिलाएर) गरि जस्तै कम्प्लेक्स वर्क (जटिल कार्य) असाइनमेन्ट वा स्कूल परियोजनाहरूको लागि नोटहरू बनाउनको लागि विभिन्न ठाउँहरूमा स्टोर गरिएको जानकारीको विश्लेषण गर्न सकिन्छ भनि एन्थ्रोपिकले बताएको छ।
यो सुविधा अमेरिका, जापान र ब्राजिलमा म्याक, टिम र इन्टरप्राइज योजना सदस्यहरूको लागि प्रारम्भिक बिटा संस्करणको रूपमा उपलब्ध गराइएको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ६ बैशाख २०८२, शनिबार