Technology Khabar ३ बैशाख २०८२, बुधबार
काठमाडौं ।
शाओमीले भर्खरै भारतीय बजारमा अर्को पुस्ताको बजेट स्मार्टफोन सार्वजनिक गरेको छ। ७००० भारतीय रुपैयाँभन्दा कम मूल्यमा, आकर्षक डिजाइन, ठूलो ब्याट्री र सहज डिस्प्ले जस्ता आकर्षक सुविधाहरूसहित रेडमी ए५ को घोषणा गरिएको छ।
रेडमी ए५ को स्पेसिफिकेशनहरूः
चिनियाँ टेक जायन्टको किफायती नयाँ स्मार्टफोनमा टल (अग्लो) ६.८८ इन्चको आईपीएस एलसीडी प्यानल समावेश गरिएको छ जसमा एचडी+ रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट, २४० हर्ज टच स्याम्पलिंग रेट, डीसी डिमिङ र आँखाको सुरक्षाको लागि टीयूभी राइनल्याण्ड प्रमाणीकरण रहेको छ।
त्यसैगरी रेडमी ए५ युनिसोक टी७२५० चिपले सुसज्जित छ जुन ४जीबी सम्मको र्याम र १२८जीबी स्टोरेजसँग पेयर्ड गरिएको छ। यसले २टीबी सम्मको स्टोरेज विस्तारको लागि माइक्रोएसडी कार्ड स्लटलाई पनि समर्थन गर्दछ।
रेडमी ए५को पछाडि ३२ मेगापिक्सेलको डुअल क्यामरा सेटअप रहेको छ भने स्मार्टफोन अगाडि ८ मेगापिक्सेलको सेल्फी शूटर समावेश गरिएको छ। यस मोडेलमा रहेको ठूलो ५,२००एमएएच ब्याट्री प्याकले १५ वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। रेडमी ए५ एन्ड्रोइड १५ ओएस आउट अफ द बक्समा रन हुने बताइएको छ।
यस बाहेक अन्य उल्लेखनीय सुविधाहरूमा ३.५एमएम अडियो ज्याक, एफएम रेडियो, साइड माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, डुअल सिम समर्थन (न्यानो + न्यानो), र जीपीएस समर्थन समावेश रहेका छन्।
मूल्य निर्धारण र उपलब्धताः
शाओमीको ब्राण्ड न्यू रेडमी ए५ लाई विभिन्न रङ्ग विकल्पमा घोषणा गरिएको छ, जसमा पोन्डिचेरी ब्लू, जस्ट ब्ल्याक र लेक ग्रीन समावेश छन्। नीलो र कालो रङ्गको स्मार्टफोनमा म्याट फिनिश रहेका छ भने कालो र हरियो भेरियन्टमा मात्र यसको पछाडिको क्यामरा मोड्युल वरिपरि सुनौलो रङ्गको रिम हुने बताइएको छ।
यो मोडेलको ३जीबी+६४जीबी विकल्पको मूल्य ६,४९९ भारतीय रुपैयाँ पर्नेछ भने ४जीबी+१२८जीबी भेरियन्टको मूल्य ७,४९९ भारतीय रुपैयाँ कायम गरिएको छ। रेडमी ए५ अप्रिल १६ तारिखदेखि बिक्रीको लागि उपलब्ध हुनेछ। यो डिभाइस ब्राण्डको आधिकारिक खुद्रा स्टोर र अफलाइन स्टोरहरूबाट खरिद गर्न सकिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ बैशाख २०८२, बुधबार