Technology Khabar २ बैशाख २०८२, मंगलवार
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता-एआई) सतर्क भएर चलाउन र त्यसको दूरुपयोग नगर्न आग्रह गरेको छ।
एआईमार्फत सिर्जना गरिएका सामग्रीहरु तथा संगीतले अरुको चरित्र हत्या गरेको भन्दै प्रविधिको प्रयोग सोच विचार गरी मात्र चलाउन भनेको छ।
ब्यूरोले सार्वजनिक सूचनामार्फत हाल सामाजिक सञ्जाल र एआई Artificial Intelligence (AI) को अत्यधिक प्रयोग सँगसँगै, दुरूपयोग गरी अरूको चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगितको सिर्जना गरी / गराई मानमर्दन गर्ने कार्यहरू सामाजिक सञ्जालका प्लेटफर्महरु मार्फत बढ्दो क्रममा देखिएको भन्दै ब्यूरोको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ।
ब्यूरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीकाअनुसार “यस प्रकारका गतिविधिहरूले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने मात्र नभई विद्यमान साइबर कानून अनुसार अपराध समेत हुने भएकोले कानूनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरूको सम्मानमा आँच नपुर्याउने गरी सकारात्मक प्रयोग गर्नु हुन सबैलाई साइबर ब्यूरो अनुरोध गर्दछ।”
प्रकाशित: २ बैशाख २०८२, मंगलवार