उपकरणमा समस्या र प्राविधिक अपुग हुँदा गण्डकी प्रदेशको पशुपक्षी नियमन कार्यालय प्रयोगविहीन

Technology Khabar २ बैशाख २०८२, मंगलवार

उपकरणमा समस्या र प्राविधिक अपुग हुँदा गण्डकी प्रदेशको  पशुपक्षी नियमन कार्यालय प्रयोगविहीन

काठमाडौं ।

गण्डकी प्रदेश सरकारले स्वच्छ र स्वस्थ खाद्यान्न उपभोग गराई जनतालाई निरोगी बनाउने उद्देश्यले गरिएको लगानी बालुवामा पानी जस्तै भएको छ। आँबुखैरेनो-३, आँबुखैरेनी बजारमा स्थापना गरिएको कृषि तथा पशुपन्छी नियमन एकाइ कार्यालय नाम मात्रैको भएपछि प्रदेश सरकारले गरेको लगानी खेर गएको हो ।

यस कार्यालयमा रहेका विषादी परीक्षण गर्ने उपकरण बिसिएर प्रयोगमा नआएको वर्षौं भएको छ। पाँच जना प्राविधिकको दरबन्दी रहेको यस कार्यालयमा एक जना प्राविधिक र कार्यालय सहयोगी मात्रै छन्।

पूर्वाधार र जनशक्ति नहुँदा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशको प्रवेशद्वारमा स्थापना गरेको यो कार्यालय प्रयोगविहीन बनेको छ ।

उपकरण बिग्रिएको र जनशक्ति नहुँदा विषादी परीक्षण गर्न नसकिएको कार्यालयका निमित्त प्रमुख धनराज ओडले जानकारी दिए। प्रमुख ओडले भने, “पाँच जना प्राविधिकको दरबन्दी छ। म र कार्यालय सहयोगी गरेर दुई जना मात्रै छौं। उपकरण पनि बिग्रिएकाले विषादीको मात्रा परीक्षण गर्न सकिएको छैन।”

प्रदेशमा भित्रिने पशु तथा कृषिजन्य उपजको अवस्था परीक्षण एवं नियमनका लागि आर्थिक वर्ष २०७५/७६ मा तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा तो कार्यालय खुलेका थिए। मन्त्रालयमातहत रहने गरी स्थापना भएका एकाइ कार्यालयले छ वर्ष बितिसक्दा पनि तोकिएका सेवा दिन सकेका छैनन्।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: २ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार