Technology Khabar १ बैशाख २०८२, सोमबार
काठमाडौं ।
बीएमडब्ल्यूले अब केवल एक मिनेटमा नै सवारी साधनहरू चार्ज गर्ने सकिने प्रविधि ल्याउने भएको छ जसले चार्जिङ स्टेशनमा लामबद्ध हुनु पर्ने अवस्थाको अन्त्य गर्नेछ।
बीएमडब्ल्यूले प्लग–इन हाइब्रिड सवारी साधनहरूको लागि अत्यन्तै छिटो चार्जिङ प्रविधि ल्याउने लक्ष्य राखेको बताइएको छ। कार निर्माताले नयाँ सुपरहाइब्रिड प्रणालीको लागि पेटेन्ट सुरक्षित गरेको उल्लेख छ।
यो प्रणालीले परम्परागत ब्याट्रीसँग सुपरक्यापासिटरलाई जोड्दछ। साथै यस चार्जिङ प्रविधिबाट केवल एक मिनेटमा नै पूर्ण चार्ज प्राप्त गर्ने लक्ष्य रखिएको बताइएको छ। कार निर्माताहरू निरन्तर नयाँ विधिहरू खोजिरहेका छन्। इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारी साधनहरूको लागि चार्जिङ प्रक्रियालाई गति दिनु यसको लक्ष्य भएको उल्लेख गरिएको छ।
सुपरक्यापासिटर धेरै तरिकामा ब्याट्रीभन्दा फरक हुने र आवश्यक पर्दा अत्यन्तै छिटो चार्ज र डिस्चार्ज गर्न सकिने बताइएको छ। यसले छोटो अवधिमा धेरै उच्च पावर आउटपुट पनि प्रदान गर्न सक्ने उल्लेख गरिएको छ। यसले नै यो प्रविधिलाई विभिन्न सन्दर्भहरूमा आकर्षक बनाएको बताइएको छ।
उदाहरणका लागि, फर्मुला १ कारहरूले समान प्रणालीहरू प्रयोग गर्दछन्। सुपरक्यापासिटरहरूले पनि कुशलतापूर्वक ऊर्जा भण्डारण गर्न सक्ने बताइएको छ। त्यसैगरी यो प्रविधि आज अटोमोटिभ उद्योगमा पहिले नै प्रयोग भइरहेको छ।
लम्बोर्गिनी सियान एफकेपी ३७ ले सुपरक्यापासिटर हाइब्रिड प्रविधि प्रयोग गर्दछ। केही विद्युतीय सवारी साधनहरूमा, विशेष गरी जर्मन र दक्षिण कोरियाली ब्रान्डका मोडेलहरूमा, साना सुपरक्यापासिटरहरू पाइने गरिएको उल्लेख छ। बीएमडब्ल्यूले आफ्नै पेटेन्ट गरिएको संयोजनको साथ एक कदम अगाडि बढ्ने बताइएको छ।
यो प्रणाली ऊर्जा सङ्कलन गर्नका लागि डिजाइन गरिएको बताइएको छ। यो रिजेनेरेटिभ ब्रेकिङ मार्फत प्राप्त गरिने बताइएको छ जहाँ काइनेटिक इनर्जि (ऊर्जा) लाई विद्युतीय ऊर्जामा रूपान्तरण गरिन्छ भने प्रणालीको समग्र दक्षतामा सुधार हुने उल्लेख गरिएको छ। साथै प्रणालीको थप अनुकूलनको आशा गरिएको बीएमडब्ल्यूले बताएको छ।
त्यसैगरी यसलाई अन्य प्रकारका सवारी साधनहरूको लागि अनुकूलित गर्न सकिने सम्भावनाको पनि उल्लेख गरिएको छ। बस र रेलहरूलाई पनि यस प्रविधिको सम्भावित प्रयोगकर्ताको रूपमा उल्लेख गरिएको छ। यो पेटेन्ट ठूलो मात्रामा उत्पादित सवारी साधनहरूमा कहिल्यै प्रयोग गरिनेछ भनेर हेर्नको लागि पर्खनु पर्ने टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १ बैशाख २०८२, सोमबार