Technology Khabar ७ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
गुगलले ईयूको नियम उल्लङ्घन गरेको दुईवटा आरोप खेपेको छ। यसैगरी एप्पललाई आफ्ना प्रतिस्पर्धीहरूलाई आईफोन र आईप्याडसँग जोडिन मदत गर्न आदेश दिइएको छ किनकि युरोपेली प्रतिस्पर्धा नियामकहरूले विशाल प्रविधि कम्पनीहरु विरुद्धको कारबाहीलाई निरन्तरता दिएका छन्।
युरोपेली आयोगको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूलाई जरिवाना लगाउने देशहरूमाथि शुल्क लगाउने धम्कीका बावजूद आएको हो।
गुगल र एप्पल दुवैलाई गएको वर्षको मार्चदेखि नै युरोपेली आयोगको नजरमा राखिएको थियो, किनकि उनीहरू डिजिटल मार्केट्स एक्ट (डीएमए) पालना नगरेको आशंका गरिएको थियो। यो ऐनले ठूला प्रविधि कम्पनीको शक्तिलाई नियन्त्रण गर्न केही गर्नुपर्ने र नगर्नुपर्ने कुराहरूको सूचीमार्फत मार्गनिर्देशन गर्छ।
बुधबार ईयू प्रतिस्पर्धा निगरानी निकायले प्रारम्भिक निष्कर्ष जारी गर्दै, गुगललाई दुवै क्षेत्रहरूमा डीएमए उल्लङ्घन गरेको आरोप लगाएको छ, जसले फेब्रुअरी २१ मा आएको रोयटर्सको समाचारलाई पुष्टि गर्छ।
गुगल प्रकरणको केन्द्रमा, कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई गुगल Play बाहिरका अफरहरूको बारेमा जानकारी दिन एप विकासकर्ताहरूलाई रोक्छ कि भनेर अनुसन्धान गरिएको थियो। साथै, गुगल ले गुगल सर्चमा गुगल फ्लाइट्सजस्ता आफ्नै खोज सेवा समर्थन गर्छ कि भनेर पनि हेरिएको थियो।
आयोगले एप्पल विरुद्ध दुईवटा आदेश पनि जारी गर्यो, जसले आईफोन निर्माता कम्पनीलाई आफ्नो इकोसिस्टम प्रतिस्पर्धीहरूका लागि खोल्न निर्देशन दिने रोयटर्सले उल्लेख गरेको छ।
गुगल प्रकरणमा पहिलो आरोप, यसको एप स्टोर गुगल प्ले मा रहेको अभ्यासमा केन्द्रित छ। अल्फाबेटले प्राविधिक रूपमा एप विकासकर्ताहरूलाई अन्य च्यानलहरूतर्फ प्रयोगकर्ताहरूलाई राम्रो अफरहरूका लागि स्वतन्त्र रूपमा लैजान नदिने आरोप लगाइएको छ।
कम्पनीले नयाँ ग्राहकलाई गुगल प्लेमार्फत प्राप्त गर्न एप विकासकर्तालाई लगाउने सेवा शुल्क न्यायसंगत भन्दा बढी रहेको पनि नियामकहरूले बताए।
प्रकाशित: ७ चैत्र २०८१, बिहीबार