Technology Khabar ७ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
चिनियाँ सर्च कम्पनी बाइदुले बुधबार एउटा शीर्ष कार्यकारीकी किशोरी छोरीले अन्य इन्टरनेट प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण अनलाइन पोस्ट गरेको आरोप अस्वीकार गरेको छ।
चीनको ठूला क्लाउड प्रदायकहरूमध्ये एक बाइदु गत हप्ता विवादमा पर्यो, जब अनलाइन प्रयोगकर्ताहरूले बाइदुका उपाध्यक्ष शिए ग्वाङ्जुनकी किशोरी छोरीले अनलाइन विवादमा संलग्न भएपछि अन्य प्रयोगकर्ताहरूको फोन नम्बरजस्ता व्यक्तिगत जानकारी सार्वजनिक गरेको आरोप लगाए।
बाइदुले सबै कर्मचारी र सबै तहका कार्यकारीहरूलाई प्रयोगकर्ताको डेटा पहुँच गर्न प्रतिबन्ध लगाइएको बतायो। किशोरीले सार्वजनिक गरेको जानकारी अवैध रूपमा प्राप्त “डक्सिङ डाटाबेसहरू” बाट आएको र ती विदेशी प्लेटफर्महरूमा चोरी गरिएको निजी डेटा सङ्कलन गरेर राखिएको दाबी गर्यो।
बाइदुले यस घटनासम्बन्धी विवाद बढिरहँदा, किशोरीले आफ्ना बुवाले उनलाई डाटाबेस पहुँच दिएको स्वीकारेको दाबी लगायत अनलाइन फैलिरहेको गलत जानकारीका विषयमा प्रहरीमा उजुरी दिएको पनि बतायो।
बाइदुको क्लाउड डिभिजनमा संलग्न शिएले सोमबार आफ्नी छोरीको व्यवहारका लागि माफी मागेका थिए। चिनियाँ मिडियाहरूका अनुसार, उनले आफ्नी छोरीले ती जानकारी विदेशी सामाजिक सञ्जाल साइटहरूबाट प्राप्त गरेको दावी गरेका छन्। उनले आफ्नो व्यक्तिगत वीच्याटमा गरेको पोस्ट उद्धृत गर्दै मिडियाले यो जानकारी दिएको हो।
शिएले बाइदु र उनको लिंक्डइन प्रोफाइलमार्फत गरिएको टिप्पणी अनुरोधमा तुरुन्तै प्रतिक्रिया दिएका छैनन्।
चीनले हालका वर्षहरूमा विस्तृत डेटा कानूनहरू ल्याएको छ र निजी डेटा साझेदारीमा प्रतिबन्ध कडा पारेको छ। जन्म मिति, गाडी र घरको स्वामित्वजस्ता व्यक्तिगत विवरण किनबेच गर्ने अनलाइन डाटा विक्रेताहरूको वृद्धि भएपछि यस्ता कडा उपाय अपनाइएका हुन्।
बिहीबार बिहान हङकङको कारोबारमा बाइदुको सेयर ४ प्रतिशतभन्दा बढीले घटे।
प्रकाशित: ७ चैत्र २०८१, बिहीबार