सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ

Technology Khabar ६ चैत्र २०८१, बुधबार

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले  पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा भारतको विहार राज्यको वैशाली घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १७ क्षेत्रपाटी बस्ने वर्ष ४१ को नुनु राय रहेको खुल्न आएको छ।

प्रहरीका अनुसार कामको सिलसिलामा चिनजान भई, सामाजिक सञ्जाल फेसबुकमा साथी बनी, सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरु पीडकले गोप्य रुपमा खिची/ रेकर्ड गरी राखेका थिए।

पछि आपसमा मनमुटाव भएर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको भन्ने व्यहोराको पीडित महिलाको निवेदन ब्यूरोमा प्राप्त भएकाले सो सम्बन्धमा प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा पीडक राय भएको खुल्न आएकाले उनलाई पक्राऊ गरिएको प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।

कसूरदार देखिएका रायमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी ब्यूरोबाट खटिएको प्रहरी टोलीले मिति गत चैत ५ गते काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशले सात दिन म्याद थप भई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

Sajilo Visa

प्रकाशित: ६ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार