एप्पलको पहिलो फोल्डेबल आईफोन अर्को वर्षको उत्तरार्धमा ठूलो मात्रामा उत्पादनमा आउन सक्ने

Technology Khabar ६ चैत्र २०८१, बुधबार

एप्पलको पहिलो फोल्डेबल आईफोन अर्को वर्षको उत्तरार्धमा ठूलो मात्रामा उत्पादनमा आउन सक्ने

काठमाडौं ।

एप्पलको पहिलो फोल्डेबल आईफोनको बारेमा अनलाइनमा निकै चर्चा भइरहेको छ। यसको सम्भावित लन्च समयरेखाको बारेमा अफवाहहरू फैलिरहेका बेला नयाँ रिपोर्टले ब्रान्ड–न्यू आईफोनको उत्पादन सम्बन्धी केही विवरणहरूको खुलासा गरेको छ। यो रिपोर्टले डिभाइसको घोषणा र थप कुराहरूतर्फ संकेत एवम खुलासा गरेको छ।

एप्पल फोल्डेबल आईफोनको उत्पादन समयरेखाको खुलासा

अघिल्लो रिपोर्टमा, सन् २०२६ को चौथो त्रैमासिकमा फोल्डेबल आईफोन डेब्यू हुने अपेक्षाको बारेमा चर्चा गरिएको गयो। उक्त दावी ज्ञात एप्पल विश्लेषक मिंग–ची कुओबाट आएको हो।

विश्लेषक जेफ पुको नयाँ रिपोर्टले भने (माईस्मार्टप्राइस मार्फत) अर्कै कुराहरूतर्फ संकेत गरेको उल्लेख छ। क्युपर्टिनोमा आधारित जायन्टले आगामी फोल्डेबल आईफोन अर्को वर्षको उत्तरार्धमा ठूलो मात्रामा उत्पादनमा प्रवेश गर्न सक्छ भन्ने खुलासा गरेको उल्लेख छ।

यो वास्तवमा फोल्डेबल आईफोन हो कि होइन भन्ने बारेमा भने स्पष्टता छैन।

यो एकदम नयाँ लाइनअप वा सम्भवतः फोल्डेबल आईप्याड हुन सक्ने उल्लेख गरिएको छ। एप्पलका पहिलो दुई फोल्डेबल डिभाइसहरू आधिकारिक रूपमा फक्सकनमा न्यू प्रोडक्ट इन्ट्रोडक्सन (एनपीआई) चरणमा प्रवेश गरेका जेफ पुले थप उल्लेख गरेका छन् जुन एप्पलको आपूर्ति श्रृंखलाबाट सबैभन्दा ठूलो आपूर्ति भएको बताइएको छ।

सन् २०२६ को उत्तरार्धमा ठूलो मात्रामा उत्पादन सुरु हुने अपेक्षा गरिएको उनले बताएका छन्। यदि यो रिपोर्ट सत्य भएको खण्डमा भने पहिलो फोल्डेबल आईफोन सन् २०२७ अघि अनावरण नहुने सम्भावना छ।

अहिलेसम्म थाहा भएको कुराको आधारमा, पहिलो फोल्डेबल एप्पल उत्पादनमा ५.४९ इन्चको कभर स्क्रिनको साथमा ७.७४ इन्चको भित्री फोल्डिङ्ग प्राथमिक डिस्प्ले हुन सक्नेछ।

यसैबीच, ठूलो फोल्डेबल मोडेल फोल्डेबल आईप्याड प्रो हुन सक्ने बताइएको छ जसमा १९ इन्चको विशाल प्राथमिक स्क्रिन हुन सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ६ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार