Technology Khabar ४ चैत्र २०८१, सोमबार
काठमाडौं ।
एप्पलले यस वर्ष आइफोन १७ अल्ट्रा लन्च गर्ने तयारी गरिरहेको एक रिपोर्टले बताएको छ। यसअघि पनि आइफोन १५ र आइफोन १६ सिरिज रिलिज हुनुभन्दा अघि अल्ट्राले प्रो म्याक्सलाई प्रतिस्थापन गर्ने वा त्यसको माथि बस्ने दावी गरिएको हल्ला फैलिएको थियो। यसै क्रममा अब ठीक त्यही हल्ला फेरि सुन्नमा आएको छ।
आगामी आइफोन १७ अल्ट्राले प्रो म्याक्सलाई प्रतिस्थापन गर्ने नाभर ब्लगको रिपोर्टले दावी गरेको छ। आपूर्ति श्रृंखला बजार विश्लेषणबाट आएको यो दावीले एप्पलले नयाँ हार्डवेयर सुविधाहरू भएको फोन लन्च गर्ने तयारी गरिरहेको सुझाव दिएको उल्लेख छ।
उदाहरणका लागि, अल्ट्राले सम्भवतः सानो डायनामिक आइल्याण्ड अपनाउनेछ भने अर्डरहरूको मात्रालाई ध्यानमा राख्दै यो प्रो र अल्ट्रा दुवैलाई समेट्न पर्याप्त नहुने उल्लेख गरिएको छ।
त्यसैगरी भेपर चेम्बर कूलिङ ङसस्टम (प्रणाली) अपनाउने अल्ट्रा एक मात्र हुनेछ भनि रिपोर्टले सुझाव दिएको उल्लेख छ। साथै यसमा गत वर्षको प्रो म्याक्समा भन्दा ठूलो ब्याट्री हुने बताइएको छ र फलस्वरूप यसको थिकनेस (मोटाइ) बाक्लो हुनेछ।
एप्पलले आफ्ना केही प्रोडक्टहरू, जस्तै एप्पल वाच अल्ट्रा वा एम३ अल्ट्रा चिपको लागि अल्ट्रा पदनाम प्रयोग गर्दै आएको छ। पर्याप्त हार्डवेयर अपग्रेडको साथ आईफोन अल्ट्रा प्रदान गर्नाले एप्पलले फोनको मूल्य बढाउन र सम्भावित रूपमा नाफा मार्जिन बढाउनका लागि अवसर पाउने छ।
हालको यो रिपोर्ट सही छ कि छैन भनेर भन्नका लागि यो अलि चाँडो हुने भएकाले अगाडि बढ्दै जाँदा थप जानकारी प्रदान गर्दै जानेछौं भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ चैत्र २०८१, सोमबार