आईफोन १७ एयरको क्यामरा बम्पको मोटाइको खुलासा

Technology Khabar ३ चैत्र २०८१, आईतवार

आईफोन १७ एयरको क्यामरा बम्पको मोटाइको खुलासा

काठमाडौं ।

एप्पलको आगामी आईफोन १७ एयर ५.५ एमएम थिक (मोटो/बाक्लो) हुने तथ्यमा विगतका धेरै अफवाहहरूमा एकरूपता पाइएको छ। यसमा क्यामरा बम्प/भाइजर पनि हुनेछ भनि धेरैजसो रेन्डरहरूले उल्लेख गरेका छन् जुन यो स्पष्ट रूपमा यसको पछाडिको भागबाट सतहभन्दा बाहिर वा माथि निस्केको हुनेछ।

पछाडि भागमा रहने उक्त क्यामरा बम्प/भाइजर फोनको सतहभन्दा ४ एमएम बाहिर वा माथि निस्कनेछ भनि एउटा अफवाहले उल्लेख गरेको छ। त्यसैले क्यामरा बम्पको साथ आईफोन १७ एयर ९.५ एमएम बाक्लो हुनेछ भने हम्प बिना यो मात्र ५.५ एमएम मोटो हुने उल्लेख गरिएको छ।

आईफोन १७ एयरमा पछाडि केवल एउटा क्यामरा रहने हल्ला गरिएको छ। यसमा आईफोन १७ प्रो म्याक्समा जस्तै ६.९ इन्चको एलटीपीओ ओएलईडी स्क्रिन हुने उल्लेख गरिएको छ।

त्यसैगरी यसमा ३,००० एमएएच र ४,००० एमएएच बीचको ब्याट्री रहेने भनिएको छ। आईफोन १७ एयरको पछाडि रहने सिङ्गल क्यामराको साथ फोनको यो पातलोपन प्राप्त गर्नको लागि मुख्य सम्झौता गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ३ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार