ओर्याकल अमेरिकामा टिकटकको सम्भावित सञ्चालक हुनसक्ने

Technology Khabar २ चैत्र २०८१, शनिबार

ओर्याकल अमेरिकामा टिकटकको सम्भावित सञ्चालक हुनसक्ने

काठमाडौं ।

ओर्याकल सम्भावित रूपमा टिकटक सञ्चालनमा प्रमुख विकल्पको रूपमा उभिएको छ। टिकटक लाई अप्रिलसम्म अमेरिकी खरिदकर्तासँग सम्झौता टुंग्याउनु पर्ने समयसीमा छ, तर छोटो भिडियो एपको भविष्य अझै अनिश्चित छ।

तर द इन्फर्मेशन का अनुसार, अमेरिकामा टिकटक व्यवस्थापनको लागि क्लाउड प्रविधि साझेदारको रूपमा ओर्याकल मुख्य दावेदार रहेको नयाँ रिपोर्ट सार्वजनिक भएको टेकक्रञ्चले उल्लेख गरेको छ।

बाइटडान्सका लगानीकर्ता, बैंकरहरू र पूर्व कार्यकारीहरू लगायतका स्रोतहरूले द इन्फर्मेशनलाई बताए अनुसार कम्पनीले अन्य क्लाउड प्रदायकहरूभन्दा ओर्याकललाई प्राथमिकता दिएको छ।

सन् २०२२ देखि, टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डाटा भण्डारण गर्न ओर्याकल सर्भरहरू प्रयोग गरिरहेको छ, जसले यस सम्झौताका लागि ओर्याकल लाई सम्भावित विकल्प बनाएको छ।

रिपोर्टअनुसार बाइटडान्सले अझै पनि टिकटक को सञ्चालनमा प्रत्यक्ष भूमिका निर्वाह गर्न चाहन्छ, जसमा ओर्याकल साझेदारको रूपमा रहनेछ। थप रूपमा, राष्ट्रपति ट्रम्पले पनि यो सम्झौतामा ओर्याकल को भूमिकालाई समर्थन गरेका छन्।

ओर्याकल ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

Sajilo Visa

प्रकाशित: २ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार