Technology Khabar २९ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
गुगलले पुरानो मिड रेन्ज पिक्सेल मोडेल फिर्ता गराउन (रिकल) थालेको छ। कम्पनीको पिक्सेल ४ए सन् २०२० मा धेरै पहिले रिलिज गरिएको थियो भने पछिल्लो अपडेटहरू मध्ये एकको कारणले गर्दा यो अब जोखिममा रहेको उल्लेख गरिएको छ।
आफ्नो पिक्सेल ४ए अपडेट गर्नबाट किन जोगिनु पर्ने बताईएको छ।
गुगल पिक्सेल ४ए ब्याट्री जोखिमका कारण रिकल
सन् २०२५ को जनवरीमा सर्च इन्जिन जायन्टले डिभाइसका लागि पिक्सेल ४ए ब्याट्री पर्फमेन्स प्रोग्राम अपडेट रोल आउट गर्न सुरु गरेको थियो। यो सफ्टवेयर अपडेटले पिक्सेल ४ए मा नयाँ ब्याट्री व्यवस्थापन सुविधा रिङ्ग गर्न सेट गरिएको थियो।
यसको उद्धेश्य भनेको पुरानो मोडेलमा ब्याट्रीको प्रदर्शनको स्थिरता सुधार गर्ने थियो भने धेरै प्रयोगकर्ताहरूले आफ्ना डिभाइसहरूको ब्याट्री जीवन घटेको गुनासो गरेपछि यसको विपरीत प्रभाव पर्न गएको उल्लेख छ।
केही प्रयोगकर्ताहरूले केही मिनेटमा नै पूर्ण ब्याट्री डिस्चार्जको सामना गरिरहेका थिए। त्यसैले गुगलले अफिसियल सपोर्ट पेज (आधिकारिक समर्थन पृष्ठ) मा प्रयोगकर्ताहरूलाई यस अपडेटको बारेमा चेतावनी दिँदै एक अपडेट साझा गरेको थियो।
अपडेटले ब्याट्री अवधि छोटो पार्न सक्छ र चार्जिङ प्रदर्शन पनि घटाउन सक्छ भनि त्यसमा बताइएको थियो। रिपोर्टहरूले अधिकतम भोल्टेज ४.४५ भोल्ट बाट ३.९५ भोल्टमा घटाइएको र जसले ब्याट्री क्षमतामा ५६ प्रतिशत कमी ल्याउने खुलासा गरेको उल्लेख छ।
यस बाहेक, अष्ट्रेलियाली कम्पिटिसन एण्ड कन्जुमर कमिसन (एसीसीसी) ले पनि एक सल्लाह जारी गरेको उल्लेख छ जसले यो मुद्दालाई हाइलाइट गरेको र प्रयोगकर्तालाई ओभरहिटिङ (अत्यधिक तातो हुने) समस्याहरू जाँच गर्न पनि आग्रह गरेको छ।
निकायले ‘रिकल’ जानकारीलाई हाइलाइट गर्दै ओभरहिटिङ (अत्यधिक तातो हुने) ब्याट्रीले आगोको जोखिम पनि निम्त्याउन सक्ने थप उल्लेख गरेको छ।
यसैबीच, गुगलले यो साइजेबल ब्याट्री पर्फमेन्स डिप (गिरावट) अनुभव गरेका पिक्सेल ४ए का छानिएका प्रयोगकर्तालाई निःशुल्क ब्याट्री प्रतिस्थापन प्रस्ताव गरिरहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार