Technology Khabar २९ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
एप्पलको फोल्डेबल फोनको बारेमा हरेक दिन नयाँ खुलासा भइरहेका छन्। यद्यपि, कम्पनीले यस सम्बन्धमा अहिलेसम्म कुनै संकेत दिएको छैन। अब यो फोनको मूल्य विवरणको बारेमा ठूलो अपडेट आएको छ। फोनको डिजाइन, स्पेसिफिकेशन र मूल्य सम्बन्धी यो अपडेट एक प्रसिद्ध विश्लेषकद्वारा दिइएको हो।
फोनको बारेमा धेरै हल्लाहरू पहिले नै हेडलाइन बनिरहेका छन्। यो फोल्डेबल सेग्मेन्टको अहिलेसम्मकै सबैभन्दा पातलो फोन हुन सक्छ। यसमा, स्टेनलेस स्टील र आल्मुनियम एलोय धातुबाट बनेका हिंजहरू देख्न सकिनेछ।
एप्पलको फोल्डेबल स्मार्टफोनको बारेमा लीकहरुको श्रृंखला जारी छ। फोन लन्च हुनुभन्दा अगाडि नै यसको चर्चा धेरै भइरहेको छ। प्रसिद्ध विश्लेषक मिंग-ची कुओ मार्फत आएको जानकारीअनुसार, फोन पुस्तक शैलीको डिजाइनमा आउनेछ। यसमा, भित्री डिस्प्ले ७.८ इन्चको हुनेछ भने बाहिरी डिस्प्ले ५.५ इन्चको हुनेछ। फोल्ड गरिएको अवस्थामा फोनको मोटाई ९.५ मिमी सम्म हुन सक्छ, जबकि खोलिएको अवस्थामा यो ४.५ मिमीसम्म पातलो हुन सक्छ।
एप्पलको फोल्डेबल फोन स्टेनलेस स्टील र टाइटेनियम एलोय धातुको मिश्रणको साथ आउन सक्छ। यसको आवरणमा टाइटेनियम एलोय धातु देख्न सकिनेछ। फोनमा डुअल लेन्स क्यामरा प्रणाली हुन सक्छ। यो फोन टच आईडी सुरक्षामा आधारित हुनेछ।
यसमा, फेस आइडी समावेश नहुन सक्छ किनकि यसले फोनको मोटाई बढाउँछ र आन्तरिक ठाउँ घटाउन सक्छ। कुओले यसलाई सहिरुपमा एआई-संचालित फोन (True AI-driven Phone) भनेका छन्। ठूलो डिस्प्लेमा एआई च्याट, म्याप्स भिजुअल जस्ता सुविधाहरू एकैसाथ प्रयोग गर्न सकिने भएकाले एआई सुविधाहरूको साथ मल्टिटास्किङमा पनि यो राम्रो हुनेछ।
एप्पलको फोल्डेबल आईफोनको मूल्यको बारेमा पनि विश्लेषकले सुझाव दिएका छन्। जसअनुसार, यो फोल्डेबल फोन प्रिमियम सेग्मेन्टमा प्रवेश गर्नेछ। यसको बजार मूल्य लगभग २ हजार देखि २ हजार ५ सय डलरसम्म हुन सक्नेछ।
प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार