Technology Khabar २७ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । २०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको बजार अनुसन्धान फर्म सेन्सर टावरले उल्लेख गरेको छ।
इनड्राइभले ट्राभल र नेभिगेसन क्याटेगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ। यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेको हो।
इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापीरूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पायो।
इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाख भन्दा बढी पटक डाउनलोड गरिएको थियो । पियर–टु–पियर मूल्य निर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ शहरहरूमा उत्कृष्ट सवारीहरुको लागि उचित मूल्य प्रदान गर्दै आएको छ साथै चालकहरूको लागि उचित कमाईका अवसरहरू प्रदान गरेको छ।
गत वर्ष, इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा “इनड्राइभ डट मनी”को परीक्षण सुरु गरेको थियो।
“इनड्राइभ मनी” सन् २०३० सम्ममा कम्तिमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको व्यापक मिशनसँग मेल खान्छ, र यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारहरूमा विस्तार गर्ने तयारी गरिएको छ।
यसका साथै, इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो। राइड–हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, इनड्राइभले शहरी क्षेत्र भित्र यात्रा, फ्रेट, कुरियर, र डेलिभरी सेवाहरु प्रदान गर्दछ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले भनेः
“विश्वभर दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्नु इनड्राइभको लागि एक अविश्वसनीय उपलब्धि रहेको छ। इनड्राइभले उचित मूल्यमा मोबिलिटी सर्भिसेज सहज बनाउन र सेवाबाट वञ्चित समुदायहरूमा कार्यरतहरूको लागि अर्थपूर्ण कमाईका अवसरहरू सिर्जना गर्न अथक प्रयास गरिरहेको छ। यसका साथमा, हाम्रा प्रयासहरू फेरि एक पटक प्रतिबिम्बित भएको देख्न पाउनु इनड्राइभको लागि सम्मानको विषय हो।”
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार