भिभो वाई३००आई चीनमा लन्च, स्न्यापड्रागन ४ जेन २ र ६५००एमएएच ब्याट्री समावेश

Technology Khabar २७ फाल्गुन २०८१, मंगलवार

भिभो वाई३००आई चीनमा लन्च, स्न्यापड्रागन ४ जेन २ र ६५००एमएएच ब्याट्री समावेश
Global IME Bank

काठमाडौं ।

भिभोले वाई सिरिज अन्तर्गत वाई३००आई आधिकारिक रूपमा चीनमा अनावरण गरेको छ। गत वर्षको वाई२००आई को उत्तराधिकारीको रूपमा नयाँ मोडेलले प्रतिस्पर्धी मूल्य बिन्दुमा ठूलो ब्याट्री, फाइभजी समर्थन र हाई–रिफ्रेस–रेट डिस्प्ले सहित वृद्धिशील अपग्रेडहरू ल्याएको छ।

भिभो वाई३००आई को स्पेसिफिकेसनहरूः
एक क्लासिक बजेट भिभो फोन जस्तो देखिने वाई३००आई मा ६.६८ इन्चको एचडी+ एलसीडी प्यानल रहेको छ। त्यसैगरी स्क्रिनमा १२०हर्ज रिफ्रेस रेट र होल–पञ्च कटआउटमा ५ मेगापिक्सेल फ्रन्ट–फेसिङ क्यामरा समावेश गरिएको छ।

वाई३००आई भित्र स्न्यापड्रागन ४ जेन २ चिपसेट, कोर्टेक्स–ए७८ र कोर्टेक्स–ए५५ सीपीयूको कम्बिनेसन (संयोजन) को साथ ४ एनएम अक्टा–कोर प्रोसेसर समावेश गरिएको छ। ग्राफिक्सतर्फ एड्रेनो ६१३ जीपीयू समावेश गरिएको छ।

एसओसीलाई १२जीबी सम्मको र्यामसँग पेयर्ड गरिएको छ जसलाई लगभग २४जीबी सम्म विस्तार गर्न सकिने बताइएको छ। यूएफएस २.२ प्रविधिको साथ स्टोरेज विकल्पहरू ५१२जीबी सम्म जाने बताइएको छ भने विस्तारयोग्य स्टोरेजको बारेमा केही पनि उल्लेख गरिएको छैन।

वाई३००आई मा एफ/१.८ एपर्चर र एलईडी फ्ल्यासको साथ ५० मेगापिक्सेलको रियर क्यामरा रहेको बताइएको छ भने अल्ट्रावाइड वा अतिरिक्त सेन्सरहरूको बारेमा कुनै उल्लेख गरिएको छैन। सुरक्षाको लागि भनेर वाई३००आई को पावर बटनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर समावेश गरिएको छ।

वाई३००आई मा रहेको ६५००एमएएच ब्याट्रीले ४४वाट फास्ट चार्जिङलाई समर्थन गर्ने बताइएको छ। कनेक्टिभिटीतर्फ फोनमा फाइभजी (एसए/एनएसए), डुअल फोरजी भोएलटीई, वाई–फाई एसी, ब्लुटुथ ५.१, जीपीएस, एनएफसी, र यूएसबी–सी पोर्ट समावेश गरिएको छ। भिभोले स्टेरियो स्पिकरहरू र यूएसबी–सी अडियो सेटअप पनि राखेको बताइएको छ भने फोनमा ३.५एमएम हेडफोन ज्याकको अभाव रहेको छ।

वाई३००आई जेड ब्ल्याक, टाइटेनियम र रिम ब्लू गरी तीन रङ भेरियन्टहरूमा आउने बताइएको छ। ठूलो ब्याट्री भएको फोनको लागि यसको डिजाइन तुलनात्मक रूपमा लगभग ८.०९ एमएम देखि ८.१९ एमएम मोटाई र रङको आधारमा लगभग २०५–२०६ ग्राम तौल रहेको गीज्मोचाइनाले उल्लेख छ।

मूल्य निर्धारण र उपलब्धताः
भिभो वाई३००आई तीन भेरियन्टहरूमा उपलब्ध छन्ः

  • ८ जीबी र्याम + २५६ जीबी स्टोरेज – १४९९ चिनियाँ युआन (१८,०००भारतीय रुपैयाँ)
  • १२ जीबी र्याम + २५६ जीबी स्टोरेज – १५९९ चिनियाँ युआन (१९,२०० भारतीय रुपैयाँ)
  • १२ जीबी र्याम + ५१२ जीबी स्टोरेज – १७९९ चिनियाँ युआन (२१,६०० भारतीय रुपैयाँ)
Sajilo Visa

प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार