Technology Khabar २६ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
एन आई सी एशिया क्यापिटलले गैर–आवासीय नेपाली (एनआरएन) र नेपाल बाहिर बसोबास गर्ने नेपाली (एनआरओएस) लाई लक्षित गरी विशेष डायस्पोरा खाता सञ्चालनमा ल्याएको छ।
त्यसका साथै धितोपत्रको दोश्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “अफर फर सेल–ओएफएस” प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ।
विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया क्यापिटलले सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा “वान–स्टप सलुसन” सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको उल्लेख छ।
यो सेवा गैर–आवासीय नेपाली (एनआरएन) तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाइएको उल्लेख छ।
उक्त सेवाले लगानीकर्ताहरुलाई एकीकृत रुपमा वित्तीय, कानुनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने छ।
यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू (एनआरएन) र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू (एनआरओएस) लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा सञ्चालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु भएको उल्लेख गरिएको छ।
डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरुः
परामर्श किन लिनेः
त्यसैगरी धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “अफर फर सेल–ओएफएस” प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको दोश्रो बजारमा सुचिकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आइरहेको छ।
सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकैनै कानूनी प्रकृया पुरा गर्नुपर्ने देखिन्छ।
त्यसै गरी सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि वान–स्टप सलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले अफर फर सेल (ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएको उल्लेख छ।
जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत कमन प्लेटफर्मबाट आफूले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेबसाईट मार्फत उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ।
उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने बताइएको छ।
अफर फर सेल (ओएफएस) प्लेटफर्म को विशेषता यस्ता छन्:
सहज बिक्री प्रकृयाः
संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ।
सहज खरिद प्रकृयाः
कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजि दिने कार्य गर्ने छ।
सुरक्षित र गोपनीयता कायम रहनेः
सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ।
सहज र सर्वसुलभः
सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ।
खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि भ्यालुएसन रिपोर्ट उपलब्ध गराइनेः
सम्बन्धित कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको शेयरको खरिद बिक्री गर्नको लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने।
प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार