अमेजनले ओपनएआई र एन्थ्रोपिकसँग प्रतिस्पर्धा गर्ने नयाँ एआई मोडलमा काम गरिरहेको खुलासा

Technology Khabar २३ फाल्गुन २०८१, शुक्रबार

अमेजनले ओपनएआई र एन्थ्रोपिकसँग प्रतिस्पर्धा गर्ने नयाँ एआई मोडलमा काम गरिरहेको खुलासा
Global IME Bank

काठमाडौं ।

अमेजनले उन्नत “रिजनिङ” क्षमताहरू समावेश रहेको आफ्नै एआई मोडेल निर्माण गरिरहेको बिजनेस इनसाइडरले खुलासा गरेको छ।यो

“अफर” अस्थायी रूपमा नोभा ब्रान्ड अन्तर्गत जून महिनामा लन्च हुने तालिका रहेको छ। एआई–सञ्चालित जेनरेशन मोडेलहरूको उक्त सेट अमेजनले गत वर्षको अन्तमा अनावरण गरेको परियोजनामा प्रत्यक्ष संलग्न रहेका एक व्यक्तिले बताएका छन्।

यी व्यक्तिलाई मिडियासँग बोल्ने अधिकार नभएकोले थप पहिचान नगर्नका लागि उनले आग्रह गरेको उल्लेख गरिएको छ।

अमेजनले नयाँ मोडेलले “हाइब्रिड रिजनिङ” को तरिका आत्मसात् गर्न चाहेको बताइएको छ जसले दुवै र्यापिड रेस्पोन्स र सिङ्गल सिस्टमभित्र थप जटिल विस्तारित सोच प्रदान गर्ने उनले थप उल्लेख गरेका छन्।

टेलिग्राफका अनुसार अमेजनका प्रवक्ताले भने टिप्पणीको लागि गरिएको अनुरोधलाई जवाफ दिएका छैनन्।

रिजनिङ मोडेलहरूले प्रायः बिस्तारै काम गर्ने भए तापनि धेरै समाधानहरू प्रयास गरेर र चेन–अफ–थट प्रविधिहरू मार्फत पछाडिबाट काम गरेर थप कठिन समस्याहरू समाधान गर्न सक्ने बताइएको छ।

गुगल, ओपनएआई र एन्थ्रोपिक लगायतका कम्पनीहरूले भर्खरै आफ्ना रिजनिङ मोडेलहरू जारी गरेका छन्। डीपसिकले भने यस्तै चीजहरू अझ प्रभावकारी रूपमा निर्माण गरेर धेरैको ध्यान आकर्षित गर्न सफल भएको टेलिग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया