Technology Khabar २२ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
जापानले निजी नेटवर्कहरूको लागि विश्वको पहिलो अल्ट्रा-लो लेटेन्सी ‘पोस्ट-फाइभजी’ चिप विकास गरेको दाबी गरेको छ।
जापानको राज्य-सम्बन्धित अनुसन्धान संस्था नयाँ ऊर्जा र औद्योगिक प्रविधि विकास संगठन (नेडो), म्याग्ना वायरलेस, ओसाका विश्वविद्यालय र राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थान (एनआईसीटी) ले संयुक्त रूपमा विकास गरेका छन्।
उनीहरूले दाबी गरेअनुसार यो अल्ट्रा-लो लेटेन्सी सञ्चार गर्न सक्षम विश्वको पहिलो ‘पोस्ट-फाइभजी’ अर्धचालक चिप हो।
चिपले ५जीको प्रशोधन ढिलाइलाई लगभग १० मिलिसेकेन्डबाट ०.२ मिलिसेकेन्ड वा त्यसभन्दा कममा घटाउँछ, जुन ५० गुणा सुधार हो।
प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार