एप्पलद्वारा एम३ आईप्याड एयरहरूको घोषणा

Technology Khabar २२ फाल्गुन २०८१, बिहीबार

एप्पलद्वारा एम३ आईप्याड एयरहरूको घोषणा
Global IME Bank

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ आईप्याडहरू ११ इन्च र १३ इन्च आईप्याड एयर (२०२५) एप्पल एम३ चिपको साथ अनावरण गरेको छ। नयाँ चिपसेट नयाँ आईप्याड एयरको लागि एक मात्र अर्थपूर्ण थप भएको उल्लेख गरिएको छ।

एयर ११ इन्च (२०२५) र एयर १३ इन्च (२०२५) मा एम३ चिप (८–कोर सीपीयू, ९–कोर जीपीयू, १६–कोर एनपीयू) राखिएको छ जसले गत वर्षका मोडेलहरूमा रहेको एम२ लाई प्रतिस्थापन गर्नेछ।

जीएसएमएरिनाका अनुसार उक्त नयाँ चिपसेटलाई ८जीबी र्याम सँग संयोजन गरिएको छ। एम३ आईप्याड एयरले २०२२ मा लन्च गरिएको एम१ आईप्याड एयरको तुलनामा २ गुणा तीव्र काम गर्ने एप्पलले बताएको छ। त्यसैगरी एम३ एयरलाई गत वर्षको एम२ पूर्ववर्तीहरूसँग तुलना गर्दा समान विवरणहरू प्राप्त गर्न नसकिने उल्लेख छ।

स्क्रिन साइज, पर्फसेन्स रेजोल्युशन र ६० हर्जमा क्याप गरिएको रिफ्रेस रेटसहित बाँकी विशेषताहरु भने गत वर्षको आईप्याड एयरहरूसँग समान रहेका छन्।

यस बाहेक १२ मेगापिक्सेल क्यामराको जोडी, एप्पल इन्टेलिजेन्स र यूएसबी–सी ३.१ कनेक्टर पनि रहेको छ। एप्पलले वाई–फाई ६ई वा ब्लुटुथ ५.३ कनेक्टिभिटी अपडेट नगरेको र पावर बटन भित्र टच आईडी रहेको छ।

म्याजिक किबोर्डमा अर्को नयाँ अपडेट भएको छ जसमा अब ठूलो ट्र्याकप्याड र फङ्गसन किजहरूको नयाँ पङ्क्ति रहेको देख्न सकिन्छ।

नयाँ आईप्याड एयर (२०२५) पहिलेको जस्तै ब्लू, पर्पल, स्टारलाइट र स्पेस ग्रे रङ्गहरूमा उपलब्ध हुने छन्। १२८जीबी स्टोरेजको साथ वाई–फाई–वन्लि ११ इन्च एयरको मूल्य ५९९ अमेरिकी डलर/६९९ यूरो/५९९ पाउण्ड छ भने सेलुलर संस्करणको मूल्य ७४९ अमेरिकी डलर/८६९ यूरो/७४९ पाउण्ड कायम गरिएको छ।

१२८ जीबी स्टोरेज भएको १३ इन्च मोडेलको मूल्य ७९९ अमेरिकी डलर/९४९ यूरो/७९९ पाउण्ड मूल्य कायम गरिएको छ भने सेलुलर संस्करणको लागि ९४९ अमेरिकी डलर/१,११९ यूरो/९४९ पाउण्ड मूल्य तोकिएको छ। त्यसैगरी प्रि–अर्डरहरू पनि खुल्ला भइसकेका छन् भने पहिलो डेलिभरी मार्च १२ को लागि निर्धारित गरिएको छ।

नयाँ म्याजिक किबोर्डको मूल्य ११ इन्च आईप्याड एयरको लागि २६९अमेरिकी डलर/३२९ यूरो/२६९ पाउण्ड र १३ इन्च मोडेलको लागि ३१९ अमेरिकी डलर/३४९ यूरो/२९९ पाउण्ड रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया