Technology Khabar २१ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
स्टारलिङ्कमा युक्रेनको पहुँच खतरामा पर्न सक्ने चिन्ताका बीच फ्रेन्च स्याटेलाइट प्रदायक यूटेलस्याटको शेयरमूल्य पछिल्लो दुई दिनमा तीन गुणाले वृद्धि भएको छ।
पेरिस स्टक एक्सचेन्जमा यूटेलस्याट शेयर सोमबार ६८ प्रतिशतले बढेको र अर्को बिहान अर्को १२३ प्रतिशतले बढेर ४.७७ अमेरिकी डलरमा पुगेको छ। मंगलबार बजार बन्द हुँदा मूल्य ३.७९ अमेरिकी डलरमा घटेको छ।
अमेरिकाले सोमबार युक्रेनलाई सहायता निलम्बन गरेपछि उक्त “ओभरराइड” आएको बताइएको छ जसले उन्नत अमेरिकी हवाई प्रतिरक्षा र युद्धक्षेत्र इन्टरनेट पहुँच जस्ता क्षमताहरूमा अवरोध हुने डर बढाएको छ।
ईलन मस्कको स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिङ्क युक्रेनी सेनाको लागि एक महत्त्वपूर्ण इन्टरनेट प्रदायक भएको र यसको सेवाहरू गुमाउनाले कीभको सञ्चार र ड्रोन अपरेशनहरूमा गम्भीर धक्का पुग्ने उल्लेख गरिएको छ।
बिजनेस इनसाइडरलाई दिएको एक बयानमा यूटेलस्याट प्रवक्ताले कम्पनीले युरोपमा “कभरेज र ‘याटेन्सि (विलम्बता) को सन्दर्भमा स्टारलिङ्कको समान क्षमताहरू प्रदान गर्दछ” भनि बताएको टेलिग्राफले उल्लेख गरेको छ।
(यूटेलस्याट–यूरोपियन टेलिकम्युनिकेसन स्याटेलाइट)
प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार