आईप्याड (२०२५) ए१६ चिपको साथ एप्पल इन्टेलिजेन्स बिना सार्वजनिक

Technology Khabar २१ फाल्गुन २०८१, बुधबार

आईप्याड (२०२५) ए१६ चिपको साथ एप्पल इन्टेलिजेन्स बिना सार्वजनिक
Global IME Bank

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ आईप्याड एयर (२०२५) मोडेल घोषणा गरेको छ। आफ्नो एयर समकक्षहरू जस्तै, नयाँ आईप्याड (२०२५) ले माइनर स्पेक बम्प र २०२२ को आफ्नो पूर्ववर्ती जस्तै आधारभूत डिजाइन प्राप्त गरेको छ।

आईप्याड (२०२५) ले एप्पल ए१६ को बिन्ड संस्करण प्राप्त गरेको छ जसले २०२२ मा आईफोन १४ प्रो सिरिजबाट डेब्यु गरेको थियो। आईप्याड (२०२५) भित्र रहेको ए१६ मा भने एक कम सीपीयू र जीपीयू कोर समावेश गरिएको छ। एप्पलले र्यामको बारेमा जानकारी प्रदान नगरेको बताइएको छ।

त्यसैगरी यो डिभाइसले एप्पल इन्टेलिजेन्स नचलाउने भएकाले यसको र्याम ८जीबी भन्दा कम छ भनेर मान्न सकिने उल्लेख गरिएको छ। बेस स्टोरेज भने अब १२८जीबीमा सुरु हुने बताइएको छ जसले दसौं जेन आईप्याडको ६४जीबी ट्रिमलाई प्रतिस्थापन गर्नेछ।

यस बाहेक यो डिभाइसमा समावेश गरिएको केवल अर्को नयाँ थप भनेको ब्लुटुथ ५.३ रहेको छ जसले अघिल्लो दसौं जेन आईप्याडको ५.२ स्पेकलाई प्रतिस्थापन गर्दछ। बाँकी अन्य स्पेक सिटमा ११–इन्च ६० हर्ज आईपीएस एलसीडी लिक्विड रेटिना डिस्प्ले, डुअल १२ मेगापिक्सेल क्यामरा र पावर बटनमा टच आईडी सेन्सर समावेश रहेका छन्।

आईप्याड (२०२५) सिल्भर (चाँदी), ब्लू (निलो), पिङ्क (गुलाबी) र यल्लो (पहेंलो) रङ्गमा आउने बताइएको छ। डिभाइसको १२८ जीबी वाई–फाई–वन्लि बेस मोडेलको मूल्य ३४९अमेरिकी डलर/३९९ यूरो/३२९ पाउण्डमा सुरु हुने बताइएको छ भने सेलुलर कनेक्टिभिटी भएको संस्करणको मूल्य ४९९अमेरिकी डलर/५६९ यूरो/४७९ पाउण्ड कायम गरिएको उल्लेख छ। एप्पल ए१६ सहितको नयाँ आईप्याड (२०२५) को डेलिभरी मार्च १२ तारिखमा सुरु हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया