लेनोभोद्वारा सूर्यको किरणबाट चार्ज गर्न सकिने नयाँ ल्यापटप कन्सेप्ट प्रस्तुत

Technology Khabar २० फाल्गुन २०८१, मंगलवार

लेनोभोद्वारा सूर्यको किरणबाट चार्ज गर्न सकिने नयाँ ल्यापटप कन्सेप्ट प्रस्तुत
Global IME Bank

काठमाडौं ।

लेनोभोले मोबाइल वर्ल्ड कंग्रेसमा नयाँ ल्यापटप अवधारणा प्रस्तुत गरेको छ जसले पावर केबलहरूमा निर्भरता घटाउँदै बाहिर काम गर्न प्रोत्साहन गर्ने छ।

योगा सोलार पीसी एक प्रारम्भिक प्रमाण–अवधारणा उपकरण हो जसले ल्यापटपको ढक्कनमा एकीकृत सौर्य प्यानल समावेश गर्दछ।

यसले आफ्नो ब्याट्री बढाउन कुनै पनि स्रोतबाट प्रकाश प्रयोग गर्न सक्ने बताइएको छ भने धेरैजसो सौर्य–संचालित डिभाइसहरूले जस्तै यस ल्यापटपले सफा, घमाइलो दिनमा बाहिर काम गर्दा थप शक्ति प्राप्त गर्न सकिने छ।

कम्पनीले योगा सोलार पीसी उत्पादन गर्ने योजनाको बारेमा भने कुनै घोषणा नगरेको द भर्जलाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।

कम्पनीको थिंकबुक प्लस जेन ६ लाई एक्सपाण्डिङ (विस्तार) र रोटेटिङ (घुमाउने) ओएलईडी डिस्प्लेको साथ मूल रूपमा सन् २०२३ मा अवधारणाको रूपमा डेब्यु गरिएको थियो जुन सन् २०२५ मा कुनै समय ३,४९९ अमेरिकी डलरमा उपलब्ध हुनेछ।

योग सौर्य पीसीको लाइट–अजर्भिङ प्यानलमा ८४ सौर्य सेलहरू रेहका छन्।

सौर्य सेलहरूको पछाडि अवस्थित सबै प्यानल माउन्टिङ ब्य्राकेटहरू र इलेक्ट्रिकल कन्ट्याक्ट (विद्युतीय सम्पर्क) हरूले उत्पन्न गरेको ऊर्जा सङ्कलन र स्थानान्तरण गर्दछन्।

प्यानलको अगाडिको भागले धेरै प्रकाश जम्मा गर्न सक्ने बताइएको छ जसले लेनोभोलाई २४ प्रतिशत भन्दा बढीको कन्भर्जन रेट (रूपान्तरण दर) प्राप्त गर्न सघाउ पुर्याउने छ।

२४ प्रतिशत दक्षतामा पनि, योग सोलार कम्प्युटरको प्यानलले “२० मिनेटमा प्रत्यक्ष सूर्यको किरणबाट पर्याप्त सौर्य ऊर्जा सोस्न गर्न र भिडियो प्लेब्याकको एक घण्टासम्म पावरमा रूपान्तरण गर्न सक्छ”, लेनोभोले बताएको छ।

३२ जीबी र्याम र १ टीबी स्टोरेजको साथ पेयर्ड गरिएको इन्टेल लुनार लेकद्वारा संचालित योगा सोलार को मोटाइ १५ मिलिमिटर रहेका छ।

ल्यापटपमा लेनोभोको डायनामिक सोलार ट्र्याकिङ सिस्टम सफ्टवेयर पनि हुनेछ जसले सोलार प्यानलले कति करेन्ट र भोल्टेज उत्पादन गरिरहेको छ भनेर देखाउने उल्लेख गरिएको छ।

लेनोभोले प्रयोगकर्ताहरूलाई वैकल्पिक ऊर्जा स्रोतमा सहज पहुँच दिन अवधारणा सिर्जना गरेको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार