शाओमी १५अल्ट्रा र १५ विश्वव्यापी रूपमा लन्चः जान्न आवश्यक सबै कुरा यहाँ छन्

Technology Khabar २० फाल्गुन २०८१, मंगलवार

शाओमी १५अल्ट्रा र १५ विश्वव्यापी रूपमा लन्चः जान्न आवश्यक सबै कुरा यहाँ छन्
Global IME Bank

काठमाडौं ।

चीनमा डेब्यू गरेको केही दिनपछि, शाओमीले आधिकारिक रूपमा क्यामरा–केन्द्रित १५ अल्ट्रा स्मार्टफोन विश्वव्यापी बजारहरूको लागि लन्च गरेको छ। यसको साथमा, स्ट्याण्डर्ड शाओमी १५ ले पनि आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेको छ। यी स्मार्टफोनहरूले आफ्नो धेरै डीएनए चिनियाँ भेरियन्टहरूसँग साझा गर्दै गर्दा, त्यहाँ केही उल्लेखनीय भिन्नताहरू पनि रहेका छन्।

शाओमी १५ अल्ट्राको स्पेक्स र सुविधाहरूः
शाओमी १५ अल्ट्राको सबैभन्दा ठूलो आकर्षक पक्ष भनेको यसको क्यामरा प्रणाली भएको बताइएको छ। यसले २०० मेगापिक्सेलको पेरिस्कोप लेन्स (१००एमएम, एफ/२.६), ५० मेगापिक्सेलको टेलिफोटो लेन्स (७०एमएम, एफ/१.८), ५० मेगापिक्सेलको १–इन्च टाइपको मुख्य सेन्सर र ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स सहितको क्वाड–क्यामरा सेटअप प्याक गरेको छ। स्मार्टफोनको अगाडि, ३२ मेगापिक्सेलको सेल्फी क्यामरा (२१एमएम, एफ/२.०) समावेश गरिएको छ।

शाओमीले एकपटक फेरि व्यावसायिक ट्युनिङका लागि लाइकासँग सहकार्य गरेको र स्मार्टफोनले फोरके ६०एफपीएसमा अल्ट्रा डल्बी भिजन भिडियो रेकर्डिङ र सबै फोकल लम्बाइहरूमा १०–बिट लग भिडियो रेकर्डिङलाई समर्थन गर्ने उल्लेख छ। यसमा परिष्कृत अडियो क्याप्चरको लागि चारवटा माइक्रोफोन एरे पनि समावेश गरिएको उल्लेख छ।

फोटोग्राफी उत्साहीहरूका लागि, शाओमीले फोटोग्राफी किट लेजेन्ड संस्करण पनि प्रदान गर्ने बताइएको छ जुन एक एक्सेन्टेड रातो क्यामरा रिङ्ग र फ्रेम, थम्ब ग्रिप, शटर बटन, एक बहुकार्यात्मक ६७एमएम फिल्टर एडाप्टर रिङ्ग र एक एकीकृत २,०००एमएएच ब्याट्रीको साथ ग्रिप–अन केस भएको उल्लेख गरिएको छ।

१५ अल्ट्राले २के रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट, एचडीआर १०+ र डल्बी भिजनलाई समर्थन गर्ने, ३,२०० निट्सको पिक ब्राइटनेस भएको ६.७३ इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरेको छ। अगाडिको भाग शाओमी शिल्ड ग्लास २.० द्वारा सुरक्षित गरिएको छ भने पछाडिको भाग विशेष ग्लास फाइबर सामग्रीबाट बनेको उल्लेख छ।

स्मार्टफोनमा रहेको स्न्यापड्रागन ८ जेन एलिट प्रोसेसरलाई १६ जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र १ टीबी यूएफएस ४.० स्टोरेजसँग पेयर्ड गरिएको छ। स्मार्टफोनमा रहेको ५,४१० एमएएच ब्याट्री भने चिनियाँ भेरियन्टमा पाइने ६,०००एमएएच भन्दा थोरै सानो भएको र चार्ज गर्ने गति भने (९०वाट वायर र ८०वाट वायरलेस) उस्तै रहेको उल्लेख गरिएको छ।

अन्य मुख्य सुविधाहरूमा आउट अफ द बक्स एन्ड्रोइड १५–आधारित हाइपरओएस २.०, धूलो र पानी प्रतिरोधका लागि आईपी६८ रेटिङ, र डल्बी एटमस–ट्यून्ड स्टेरियो स्पिकरहरू समावेश रहेका छन्।

शाओमी १५ – अधिक किफायती फ्ल्यागशिपः
स्ट्याण्डर्ड शाओमी १५ थप कम्प्याक्ट र बजेट–अनुकूल विकल्प भएको बताइएको छ जसमा १२० हर्ज रिफ्रेस रेट र ३,२०० निट्स पिक ब्राइटनेससहितको ६.३६–इन्च १.५के ओएलईडी डिस्प्ले रहेको छ।

यो स्मार्टफोन पनि स्न्यापड्रागन ८ जेन ३ एलिट प्रोसेसरद्वारा पनि संचालित रहेको र ९०वाट वायर र ५०वाट वायरलेस चार्जिङ सपोर्टको साथ ५,२४०एमएएच ब्याट्री (चिनियाँ मोडेलमा ५,४००मएएच ब्याट्री भन्दा सानो) सँग आउने उल्लेख गरिएको छ।

फोटोग्राफीको लागि, शाओमी १५ मा ५० मेगापिक्सेलको लाइटहन्टर ९०० मुख्य सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ५० मेगापिक्सेलको ३.२× टेलिफोटो क्यामरा रहेको छ। स्मार्टफोनको अगाडिको क्यामरा भने ३२ मेगापिक्सेलको ओम्नीभिजन ओभी३२बी४० सेन्सर भएको बताइएको छ।

अल्ट्राले जस्तै, शाओमी १५ ले पनि एन्ड्रोइड १५ मा आधारित हाइपरओएस २.० चलाउने, र धुलो र पानी प्रतिरोधको लागि आईपी६८ रेटिङका साथै अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सरङ्गसमावेश गरेको उल्लेख छ।

मूल्य र उपलब्धताः
शाओमी १५ कालो, सेतो र मिन्ट रङ्ग विकल्पहरूमा विश्वव्यापी रूपमा उपलब्ध हुनेछ र १२/२५६जीबी संस्करणको लागि १,००० यूरोमा मूल्य सुरु हुनेछ। साथै १२/५१२जीबी मोडेलको मूल्य १,१०० यूरो कायम गरिएको छ। शाओमी १५ अल्ट्राको १६जीबी/५१२जीबी मोडेलको लागि १,५०० यूरो बाट मूल्य सुरु हुनेछ। दुबै स्मार्टफोनहरू मार्च ४ मा विश्वव्यापी रूपमा बिक्री हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया