Technology Khabar १९ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
जर्मन उपभोक्ताहरू उच्च मूल्यहरूको मुख्य कारणले गर्दा विद्युतीय सवारी साधनहरूमा स्विच गर्न हिचकिचाइ रहेका आइतबार प्रकाशित एक अध्ययनले पत्ता लगाएको छ।
अनुसन्धान संस्थान युगभद्वारा गरिएको अध्ययनले ४७ प्रतिशत उत्तरदाताहरूले विद्युतीय कार किन्ने मुख्य बाधाको रूपमा अत्यधिक लागतलाई उद्धृत गरेको पत्ता लगाएको टेलिग्राफले रिपोर्ट गरेका छ।
४२ प्रतिशत उत्तरदाताहरूको लागि समस्या भनेको ब्याट्रीबाट चल्ने सवारी साधनहरूको सीमित रेञ्ज र ४० प्रतिशतमा उत्तरदाताहरूको लागि चार्जिङ स्टेशनहरूको अभावजस्ता अन्य मुख्य कारकहरू समावेश रहेको उल्लेख गरिएको छ।
केवल ३० प्रतिशत उत्तरदाताहरू उच्च बिजुलीको मूल्यबाट निरुत्साहित भएको र २४ प्रतिशतले प्रविधि अझै पूर्ण रूपमा विकसित हुन नसकेकोमा रिजर्भेसन व्यक्त गरेका छन्।
सरकारी अनुदानको म्याद सकिएपछि सन् २०२४ मा जर्मनीमा विद्युतीय सवारी साधनको बिक्री २७ प्रतिशतले घटेको उल्लेख गरिएको छ।ग्राहकहरू ब्याट्री–सञ्चालित मोडेलहरूमा स्विच गर्न ठूलो रकम खर्च गर्न इच्छुक नभएको तथ्यलाई सर्वेक्षणले हाइलाइट गरेको छ।
केवल १२ प्रतिशत उत्तरदाताहरू विद्युतीय सवारीका लागि ३०,००० यूरो (३१,११०अमेरिकी डलर) भन्दा बढी तिर्न इच्छुक भएको तथ्य पत्ता लगाएको छ।
चीनबाट बढ्दो प्रतिस्पर्धाको बाबजुद, सस्तो इलेक्ट्रिक कारहरू जर्मनीमा दुर्लभ रहेको छन् जहाँ एडीएसी अटोमोबाइल क्लबले ३०,००० यूरो मुनि बिक्रीको लागि केवल छवटा ब्याट्री–सञ्चालित मोडेलहरू सूचीबद्ध गरेको छ।
युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले लगभग २०,००० यूरोको मूल्य ट्यागको साथ प्रवेश–स्तरको इलेक्ट्रिक मोडेलको योजना बनाइरहेको छ।
युगभ सर्वेक्षणमा उत्तरदाताहरूले जर्मन र युरोपेली उत्पादकहरूलाई स्पष्ट प्राथमिकता दिएको देखाएको तर उत्तरदाताहरूले तिनीहरूका लागि महत्त्वपूर्ण प्रिमियम तिर्न तयार नभएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार