चन्द्रमामा पहिलो पटक फोरजी मोबाइल नेटवर्क स्थापना गर्दै नोकिया

Technology Khabar १८ फाल्गुन २०८१, आईतवार

चन्द्रमामा पहिलो पटक फोरजी मोबाइल नेटवर्क स्थापना गर्दै नोकिया
Global IME Bank

काठमाडौं ।

फोन बजारबाट धेरै पहिले बाहिरिएको फिनल्याण्डको कम्पनी नोकिया दूरसञ्चार पूर्वाधार प्रविधिमा भने अग्रणी स्थानमा रहेको छ।

मोबाइल नेटवर्क इनोभेसन (नवाचार) को अग्रभागमा रहेको यो कम्पनीले चाँडै चन्द्रमामा फोरजी नेटवर्क स्थापना गर्ने पहिलो कम्पनी बन्ने भएको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा इन्ट्युटिभ मेसिन–२ (आईएम–२) मिशनको एक भागको रूपमा, नोकियाले पृथ्वीको उपग्रहमा पहिलो मोबाइल नेटवर्क तैनाथ गर्नेछ, जसले भविष्यको अन्तरिक्ष अन्वेषण र चालक दलका मिसनहरूको लागि जग बसाल्न मद्दत गर्नेछ भनि घोषणा गरिएको छ।

केही दिन अघि, नोकियाको चन्द्र नेटवर्क बोकेको इन्ट्युटिभ मेसिन एथेना स्पेसक्राफ्ट (अन्तरिक्ष यान), स्पेसएक्स फाल्कन ९ रकेटमा उडेको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरको छ।

प्रक्षेपणको लगभग एक हप्ता पछि, एथेनाले लो लुनार अर्बिट (चन्द्रमाको तल्लो कक्षा) मा प्रवेश गर्ने अपेक्षा गरिएको छ। त्यसपछि चन्द्रमा वरिपरि धेरै परिक्रमा पूरा गरेपछि एथेना अन्ततः अवतरण हुनेछ र आईएम–२ मिसन सुरु हुनेछ।

विशेष गरी चन्द्र मिशनको अद्वितीय आवश्यकताहरूको लागि डिजाइन गरिएको फोरजी-एलटीई नेटवर्कलाई नोकियाले चन्द्रमामा तैनाथ गर्ने योजना बनाएको छ।

यसको मुख्य उद्देश्य भनेको एथेनालाई चन्द्रमाको सतहमा दुईवटा सवारी साधन, एउटा एमएपीपी रोभर र माइक्रो नोभा हपर ड्रोनसँग जोड्नु हो।

चन्द्रमामा अवतरणको लगत्तै, नोकियाले एलएससीएस सक्रिय गर्नेछ।

फिनिस कम्पनीले रिमोट मोनिटरिङ सफ्टवेयरको लागि पृथ्वीमा इन्ट्युटिभ मेसिनको सीधा जडान प्रयोग गर्नेछ र त्यसपछि एथेनामा एकीकृत “नेटवर्क इन ए बक्स” (एनआईबी) लाई पावर गर्नेछ।

सबै जाँचहरू पछि, एनआईबीले एमएपीपी रोभरमा इन्स्ट्रुमेन्ट मोड्युलमा प्रत्यक्ष सेलुलर जडान स्थापना गर्नेछ जुन अझै एथेनामा हुनेछ। नोकियाका अनुसार यो चन्द्रमामा पहिलो मोबाइल कल हुनेछ।

त्यसपछि, एनआईबी दोस्रो लुनार भेहिकल (चन्द्र वाहन) माइक्रो नोभा हपरसँग जडान हुनेछ।

एमएपीपी र हपर रोभरले चन्द्रमाको सतहको अन्वेषण गर्दा, नोकियाले नेटवर्क पर्फमेन्सको अनुगमन र मूल्याङ्कन गर्नेछ र आवश्यक समायोजन पनि गर्नेछ।

सङ्कलन गरिएका सबै डाटा नोकियाद्वारा भविष्यका मिसनहरूको लागि नेटवर्कको डिजाइन र डिप्लोइमेन्ट सुधार गर्न प्रयोग गरिनेछ भनि रिपोर्ट गरिएको छ।

यसको मुख्य मिशनको अतिरिक्त, भविष्यका अन्तरिक्ष मिसनहरूमा सञ्चारको लागि मोबाइल प्रविधि प्रयोग गर्न सकिन्छ भनेर प्रदर्शन गर्नु नोकियाको लुनार सर्फेस कम्युनिकेसन सिस्टम (एलएससीएस) को लक्ष्य भएको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार