Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
शाओमीले आधिकारिक रूपमा एसयू७ अल्ट्रा ५२९,९०० युआन (७२,९८८ अमेरिकी डलर) को मूल्यको हाई–पर्फमेन्स इलेक्ट्रिक सेडान लन्च गरेको छ। यसले मात्र १.९८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको एक्सेलेरेसन टाइम (समय) र ३५० किलोमिटर प्रति घन्टा भन्दा बढीको टप स्पिड (गति) प्रदान गर्दछ, जसले यसलाई फास्टेस्ट फोर–डोर प्रोडक्सन (सबैभन्दा छिटो चार–ढोका उत्पादन) कारको रूपमा स्थान दिएको छ।
शाओमी एसयू७ अल्ट्राको स्पेसिफिकेसनहरू
एसयू७ अल्ट्रा शाओमीको सुपर थ्री–मोटर सिस्टम (प्रणाली) को साथ आएको उल्लेख छ जसले डुअल भी८एस प्लस भी६एस अल–ह्वील–ड्राइभ लेआउटलाई आश्चर्य रूपमा १,५४८ पीएस पीक पावर प्रदान गर्न सक्षम गर्दछ।
यसको भी८ मोटरले २७,२०० आरपीएम सम्म स्पिन गर्दै अविश्वसनीय एक्सेलेरेसन सुनिश्चित गर्दछ भने टर्क भेक्टरिङ प्रणालीले ह्यान्डलिङ सटीकता बढाउने बताइएको छ। यसले मात्र ५.८६ सेकेन्डमा ० देखि २०० किलोमिटर प्रति घन्टाको गतिमा दौडिने र ९.२३ सेकेन्डमा एक चौथाई माइल कभर गर्नेछ।
हाई–स्पिड स्टेबिलिटी (उच्च–गति स्थिरता) को लागि एसयू७ अल्ट्राको एरोडायनामिक प्याकेजमा फिक्स्ड कार्बन फाइबर रियर विङ्ग, एक्टिभ रियर डिफ्यूजर र यू–आकारको विण्ड ब्लेडहरू समावेश गरिएका छन्। यसले कार्बन–सिरेमिक ब्रेकिङ प्रणालीलाई सिक्स–पिस्टन फ्रन्ट क्यालिपर्स र फोर–पिस्टन रियर क्यालिपरहरूले सुसज्जित गरेको छ जसले असाधारण स्टपिङ पावर सुनिश्चित गर्दछ।
यो यसको ड्राइभिङ गतिशीलतालाई थप वृद्धि गर्न नरबर्गरिङ–ट्यून्ड चेसिस र समायोजन योग्य कोइलभर सस्पेन्सनको साथ आउने उल्लेख गरिएको छ।
एसयू७ अल्ट्रा भित्र, ५एम२ अल्कान्टारा माइक्रोफाइबर अपहोल्स्ट्री र कार्बन फाइबर एक्सेन्टसहितको प्रिमियम, रेसिङ–प्रेरित क्याबिन रहेको छ। यसमा रहेको स्पोर्ट्स सिटहरूले ग्राफिन हिटिङ्ग र मसाज फङ्गसनहरू प्रदान गर्दछ भने २५–स्पीकर सराउण्ड साउण्ड सिस्टम एक्टिभ नोइज क्यान्सिलेसन गर्ने एक इमर्सिभ अडियो एक्सपिरिय्नस (अनुभव) प्रदान गर्नेछ।
शाओमी हाइपरओएसमा चल्ने सेडानले स्मार्ट डिभाइसहरू, नेभिगेसन र एआई–ड्रिभन अटोनोमस ड्राइभिङलाई सहज रूपमा इन्टिग्रेट गरेको उल्लेख छ। यसमा दुईवटा ओरिन एक्स एआई चिपहरूद्वारा संचालित शाओमी पायलट प्रणालीलाई समावेश गरिएको जसले रियल–टाइम नेभिगेसन सक्षम पार्ने, एडप्टिभ लेन चेन्जेज र इन्टेलिजेन्ट पार्किङ एसिस्टेन्टमा सहायता गर्नेछ।
चार्जिङ इफिसियन्सीका लागि, एसयू७ अल्ट्राले ८९७भी हाई–भोल्टेज चार्जिङ प्रणाली समावेश गरेको छ जसले केवल ११ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशत चार्ज गर्नेछ। यसले ६२० किलोमिटर सीएलटीसी रेञ्ज प्रदान गर्दछ भने ५.२सी अल्ट्रा–फास्ट चार्जिङलाई समर्थन गर्दै दैनिक व्यावहारिकतासँग चरम प्रदर्शन संयोजन गर्दछ।
शाओमी एसयू७ अल्ट्रा क्लासिक, लक्जरी र स्पोट्र्स थिमहरूमा वर्गीकृत गरिएका पाँच आकर्षक रङ्गहरूमा उपलब्ध छन्। खरिदकर्ताहरूले टाइमलेस लुकको लागि ओब्सिडियन ब्ल्याक र पर्ल ह्वाइट, रिडिफाइण्ड लक्जरीको लागि स्पेस सिल्भर र प्यारट ग्रीन वा बोल्ड, रेस–इन्सपायर्ड सौन्दर्यको लागि लाइटनिङ येलो छनौट गर्न सक्नेछन् भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार