Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
टेक्नोले अर्को प्रमुख घोषणा गर्दै आफ्नो एमडब्ल्यूसीको वार्मअपको घोषणा जारी राखेको छ। कम्पनीले एआई ग्लासेस र एआई ग्लासेस प्रो गरी नयाँ स्मार्ट ग्लासेसका दुई फरक जोडीको अनावरण गरेको छ। साथै दुवै नयाँ स्मार्ट ग्लासेसमा बिल्ट–इन एआई एसिस्टेन्ट समावेश गरिएको उल्लेख छ।
त्यसैगरी टेक्नो इकोसिस्टमले तीन नयाँ मेगाबुक ल्यापटपहरू (एस१४, टी१४ र के१५एस) र दुई वेयरेबलहरू (ट्रु २ इयरबड्स र वाच जीटी १) प्राप्त गर्दै रहेको पुष्टि भएको छ। तिनीहरु एमडब्ल्यूसीको समयमा मात्र व्यापक रुपमा उपलब्ध हुने बताइएको छ।
टेक्नो एआईद्वारा सञ्चालित ग्लासेसमा भ्वाइस कमाण्डहरूका साथै टेम्पलमा टच, भ्यू फ्ल्यास नोट्स, मेमोज र तालिकाहरू समावेश रहेका छन्। त्यसैगरी दुबै ग्लासेसले अब्जेक्ट रिकग्निसन (वस्तु पहिचान), इन्फर्मेसन समाराइजेसन (सूचना सारांश), टुरिजम इन्फर्मेसन (पर्यटक जानकारी) र रिकमेण्डेसन (सिफारिसहरू) पनि प्रदान गर्दछ भने प्रो एआर–एन्हान्स्ड एपहरू र रियल–टाइम नेभिगेसनको साथ आउने उल्लेख गरिएको छ।
टेक्नोका यी स्मार्ट ग्लासेसहरू एल्युमिनियम एलोय र अल्ट्रा–लाइट कम्पोजिट सामग्रीबाट बनेक छन् भने नियमित सनग्लासहरू जस्तै हल्का तौल भएको आधिकारिक प्रेस विज्ञप्तिले उल्लेख गरेको छ। तिनीहरू आइब्रो फ्रेम र एभिएटर शैली गरी दुई डिजाइनहरूमा आउने बताइएको छ।
टेक्नोले स्मार्ट ग्लासेसको मूल्य र उपलब्धताको बारेमा भने उल्लेख गरेको छैन। सोमबार बार्सिलोनामा कम्पनीको एआई मुख्य भाषणको क्रममा तिनीहरूको बारेमा थप विवरणहरू पाइने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार