फ्रेमवर्क कम्प्युटरले प्रस्तुत गर्यो सानो “गेमिङ” पीसी

Technology Khabar १७ फाल्गुन २०८१, शनिबार

फ्रेमवर्क कम्प्युटरले प्रस्तुत गर्यो सानो “गेमिङ” पीसी
Global IME Bank

काठमाडौं ।

विगत पाँच वर्षदेखि अमेरिकी कम्पनी फ्रेमवर्क कम्प्युटरले विशेष गरी डिजाइन गरिएका ल्यापटपहरू उत्पादन गर्दै आएको छ जसले गर्दा त्यसका कम्पोनेन्टहरू परिवर्तन र अपग्रेड गर्न सकिन्छ। अब कम्पनीले यसलाई एक कदम अगाडि बढाउने निर्णय गरेका उल्लेख छ।

फ्रेमवर्क कम्प्युटरले कम्पनीको डिभाइसहरूको मोड्युलर प्रकृतिलाई कायम राख्ने पहिलो डेस्कटप पीसी प्रस्तुत गरेको छ जसले १४४०पिक्सेल रेजोल्युसनमा गेमिङ गर्न सक्षम र धेरै स्तरहरूमा समायोजन गर्न सक्ने कम्प्याक्ट कम्प्युटरको अवधारणालाई बुझाउँछ।

फ्रेमवर्क डेस्कटप केसमा रिप्लेसेबल (प्रतिस्थापन गर्न मिल्ने) फ्रन्ट पोर्टहरू समावेश गरिएको छ भने क्लासिक केसमा केवल पोर्टहरू रहेका छन् जुन यसको (यूएसबी, ३.५ मिमी, एसडी कार्ड रिडर, आदि) साथ आउनेछन् र फ्रेमवर्कको साथ, मोड्युलहरू सम्मिलित गर्न सकिने छ।

अगाडि इथरनेट पोर्ट र यूएसबी–सी/ए को कम्बिनेसन (संयोजन), एसडी कार्ड रिडर र हेडफोन पोर्ट आदिको कम्बिनेसन (संयोजन) गर्न सकिने बताइएको छ। कम्प्युटरको अगाडिको भाग पनि मोड्युलर रहेको र यसलाई कस्टमाइज (अनुकूलित) गर्न सकिनेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

पीसीको रूपमा बिल गरिएको फ्रेमवर्क डेस्कटपलाई दस मिनेटमा एसेम्बल गर्न सकिने बताइएको छ। त्यसैगरी यो २२.६ सेन्टिमिटर उचाई, २०.५ सेन्टिमिटर लाम्बाई र ९.६ सेन्टिमिटर चौडाईको साथ निकै सानो भएको र अप्सनल क्यारिइङ्ग (वैकल्पिक बोक्ने) ह्यान्डलको साथ आउँछ।

यसमा मिनी–आईटीएक्स डाइमेन्सन्स भए पनि यो एएमडी राइजेन एआई ३०० सिरिज प्रोसेसरहरूद्वारा सञ्चालित एउटा अति शक्तिशाली कम्प्युटर भएको बताइएको छ जसलाई १२८ जीबी सम्मको एलपीडीडीआर५×–८००० मेमोरीसँग कम्बाइन (संयोजन) गर्न सकिने छ।

गेमिङका लागि ९६ जीबी मेमोरी पनि उपलब्ध गराउन सकिने र ग्राफिक्स पावरको हिसाबले यो प्रोसेसर आरटीएक्स ४०६० कार्डको दायरामा रहेको उल्लेख गरिएको छ।

फ्रेमवर्कबाट तिनीहरूले उल्लेख गरे अनुसार यस पीसीमा सबैभन्दा बढी माग गरिएका खेलहरू पनि १४४०पिक्सेल रेजोल्युसनमा सहज रूपमा चल्नुपर्ने बताइएको छ।

फ्रेमवर्क डेस्कटप सन् २०२५ को उत्तरार्धमा उपलब्ध हुनेछ भने यसलाई अहिले अर्डर गर्न सकिने बताइएको छ। यसको मूल्यहरू १,३०९ यूरो (३२ जीबी) वा २,३५९ यूरो (१२८ जीबी) आधारभूत (डिस्क बिना, सीपीयू कूलर, आदि) का साथै अतिरिक्त मोड्युलहरू र अनुकूलन विकल्पहरू बिना सुरु हुने टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया