Technology Khabar १७ फाल्गुन २०८१, शनिबार
काठमाडौं ।
ओपनएआईले अन्ततः आफ्नो भिडियो जेनेरेशन मोडेल सोरा युरोपेली संघ (ईयू), बेलायत, स्विजरल्याण्ड, नर्वे, लिचटेन्स्टाइन र आइसल्यान्डका प्रयोगकर्ताहरूलाई उपलब्ध गराएको छ।
कम्पनीले शुक्रबार घोषणा गर्दै यी क्षेत्रका च्याटजीपीटी प्लस र प्रो सदस्यहरूले अब सोरा प्रयोग गरी भिडियोहरू बनाउन सक्ने बताएको छ।
टेकक्रञ्चका अनुसार यो एआई स्टार्टअप ओपनएआईले पहिलो पटक फेब्रुअरी २०२४ मा सोरा सार्वजनिक गरेको थियो। डिसेम्बरमा यसलाई च्याटजीपीटी प्लस र प्रो प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको थियो, तर त्यस समय ईयूभित्रका प्रयोगकर्ताहरूका लागि उपलब्ध थिएन।
प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार