माघ मसान्तसम्म १ अर्ब १० करोडमाथिको राउटर भित्रियो

Technology Khabar १६ फाल्गुन २०८१, शुक्रबार

माघ मसान्तसम्म १ अर्ब १० करोडमाथिको राउटर भित्रियो
बिग डिजिटलको शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर
Global IME Bank

काठमाडौं ।

नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढ्ने प्रवृत्तिले माघ महिनामा पनि निरन्तरता पाएङ्को छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ अर्ब १० करोड ३८ लाख ८८ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ४ लाख ३० हजार ४४५ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा २० करोड ५३ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट मात्र राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट १ अर्ब ९ करोड ४७ लाख ८४ हजार रुपैयाँ बराबरको ४ लाख २९ हजार ३३७ थान राउटर आयात भएको छ। यसैगरी ताइवानबाट ६१ लाख ९३ हजार बराबरको ९०१ थान, भारतबाट १३ हजार बराबरको ८१ थान, भियतनामबाट १९ लाख ४ हजार बराबरको ६७ थान र इटलीबाट २ लाख ४२ हजार बराबरको ५० थान राउटर आयात भएको छ।

यसैगरी पोर्चुगलबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको २ थान, अमेरिकाबाट ६७ हजार बराबरको २ थान, सिंगापुरबाट २ हजार बराबरको १ थान,  तथा क्यानडा, हङकङ, मेक्सिको र कतारबाट समान १-१ राउटर आयात भएको छ जसको मूल्य शून्यदेखि २ लाख ८३ हजारसम्म रहेको प्रतिवेदनमा उल्लेख छ।

Sajilo Visa

प्रकाशित: १६ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया