Technology Khabar १५ फाल्गुन २०८१, बिहीबार
काठमाडौं ।
सामसङले आफ्नो पछिल्लो एम–सिरिज अन्तर्गतका ग्यालेक्सी एम०६ फाइभजी र एम१६ फाइभजी फोनहरू भारतमा प्रस्तुत गरेको छ। नयाँ नाम भए पनि दुबै स्मार्टफोनहरू वास्तवमा ग्यालेक्सी ए र एफ–सिरिजका रिब्याज गरिएका डिभाइसहरू भएको उल्लेख छ।
ग्यालेक्सी ए१६ फाइभजीसँग मिल्दोजुल्दो हार्डवेयर भएको ग्यालेक्सी एम१६ फाइभजीमा ६.७ इन्चको एएमओएलईडी (एफएचडी+ ९० हर्ज), डायमेन्सिटी ६३०० चिपसेट र २५वाट वायर्ड चार्जिङको साथ ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ।
मुख्य भिन्नता भनेको डिभाइसको पछाडिको क्यामराहरू तीनवटा अलग कटआउटहरूको सट्टा अब एउटै आइल्याण्डमा पङ्क्तिबद्ध गरिएका छन्। उक्त क्यामरा आइल्याण्डमा ५ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल र २ मेगापिक्सेलको म्याक्रो क्यामरको साथमा ५० मेगापिक्सेलको मुख्य शूटर सावेश गरिएका छन्। साथै फोनले एन्ड्रोइड १५ मा आधारित वानयू आई ७ बुट गर्दछ भने सामसङले ६ एन्ड्रोइड ओएस अपग्रेड र ६ वर्षको सुरक्षा प्याच दिने वाचा गरेको छ।
ग्यालेक्सी एम१६ फाइभजी ब्लस पिङ्क, मिन्ट ग्रीन र थन्डर ब्ल्याक रङ्गहरूमा आउने बताइएको छ। डिभाइसको मूल्य निर्धारण ११,४९९ भारतीय रुपैयाँ (१३२ अमेरिकी डलर) मा सुरु हुने बताइएको छ भने खुल्ला बिक्रीको लागि मार्च ५ तारिख तय गरिएको उल्लेख गरिएको छ।
त्यसैगरी ग्यालेक्सी एम०६ फाइभजी पनि रिब्याज गरिएको ग्यालेक्सी एफ०६ फाइभजी भएको बताइएको छ जुन यस महिनाको सुरुमा लन्च गरिएको थियो। उक्त डिभाइसहरू बीचको भिन्नताहरू भनेको कस्मेटिक रहेको बताइएको छ जसमा एम०६ सेज ग्रीन र ब्ल्याजिङ कालो रङ्गहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।
ग्यालेक्सी एम०६ फाइभजी ६जीबी र्याम र १२८जीबी स्टोरेजसम्म उपलब्ध हुनेछ। सफ्टवेयर पक्ष एन्ड्रोइड १५ मा आधारित वान यूआई कोर ७.० द्वारा कभर गरिएको उल्लेख छ। सामसङले एन्ड्रोइड ओएस अपग्रेडको ४ पुस्ता र ४ वर्षको सुरक्षा प्याचको वाचा गरेको छ।
ग्यालेक्सी एम०६ फाइभजीको मूल्य निर्धारण ९,४९९ भारतीय रुपैयाँ (१०९ अमेरिकी डलर) मा सुरु हुने र भारतमा खुल्ला बिक्री मार्च ७ तारिखमा सुरु हुने तालिका रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार