लोनस्टार र फिशनले प्रक्षेपण गरे चन्द्रमामा पहिलो डाटासेन्टरका लागि पूर्वाधार

Technology Khabar १५ फाल्गुन २०८१, बिहीबार

लोनस्टार र फिशनले प्रक्षेपण गरे चन्द्रमामा पहिलो डाटासेन्टरका लागि पूर्वाधार
Global IME Bank

काठमाडौं ।

लोनस्टार र फिशनले बुधबार एक स्पेसएक्स रकेटमार्फत डाटा सेन्टर पूर्वाधार चन्द्रमातर्फ प्रक्षेपण गरेका छन्। लोनस्टार डाटा भण्डारण तथा स्थायित्व कम्पनी हो भने फिशन अर्धचालक तथा भण्डारण कम्पनी हो।

यी कम्पनीहरूले फिशन को पास्करि स्टोरेज—डाटा सेन्टरहरूको लागि डिजाइन गरिएका एसएसडी—लोनस्टार का ग्राहकहरूको डाटा सहित स्पेसएक्स स्पेसएक्स रकेटमा पठाएका छन्, जसले मार्च ४ मा अवतरण गर्ने योजना छ। यो चन्द्रमामा पहिलो डेटा सेन्टर स्थापना गर्ने योजना को सुरुवात हो, जसलाई भविष्यमा एक पेटाबाइट स्टोरेज क्षमतासम्म विस्तार गर्ने लक्ष्य छ।

लोनस्टारका संस्थापक अध्यक्ष र सीईओ क्रिश स्टटले टेकक्रञ्चलाई बताएअनुसार अन्तरिक्षमा डाटा सेन्टर बनाउने सोच २०१८ मै आएको थियो जतिबेला अहिलेको एआघ-प्रेरित डाटा सेन्टरको माग बढेको थिएन। जलवायु प्रकोप र ह्याकिङबाट जोगाउन सकियोस् भनेर ग्राहकहरू आफ्ना डाटा पृथ्वीबाहिर सुरक्षित राख्न चाहन्थे ।

“हामीबाहेक मानवजातिको सबैभन्दा मूल्यवान वस्तु भनेको डाटा हो,” स्टटले भने। “कतिपयले डाटा नयाँ तेल जस्तै हो भन्छन्, तर म भन्दछु यो त्योभन्दा अझ महत्त्वपूर्ण छ।”

फिशनसँग सहकार्य गर्नु स्वाभाविक रहेको उनले बताए। फिशनले पहिल्यै नासाको पर्सिभियरेन्स रोभरमार्फत अन्तरिक्ष मिसनहरूमा भण्डारण समाधान प्रदान गरिरहेको छ। कम्पनीले इम्याजिन प्लस नामक सेवा पनि प्रदान गर्छ, जसले विशेष परियोजनाहरूका लागि अनुकूलित स्टोरेज समाधान विकास गर्छ।

“क्रिशको  फोन आयो, हामी निकै उत्साहित भयौं,” फिशन का महाप्रबन्धक तथा अध्यक्ष मिचेल वुले भने। “हामीले एउटा साधारण उत्पादन लिएर यसलाई उनीहरूको आवश्यकताअनुसार परिमार्जन गर्यौं र प्रक्षेपण गर्यौं। यो निकै रोमाञ्चक यात्रा रह्यो।”

लोनस्टार र फिशनले २०२१ मा साझेदारी गरेका थिए, र तबदेखि अन्तरिक्षका लागि एसएसडी भण्डारण इकाइहरू विकास गरिरहेका छन्। स्टटका अनुसार, प्रक्षेपण अघि वर्षौं परीक्षण गरिएको थियो किनभने यो प्रविधि अत्यन्त भरपर्दो हुनुपर्थ्यो—एकपटक समस्या आएपछि सजिलै मर्मत गर्न सकिन्न।

“यसैकारण एसएसडी महत्त्वपूर्ण छन्,” स्टटले भने। “यसमा कुनै चलायमान भाग छैन। यो अद्भुत प्रविधि हो, जसले सरकारहरूका लागि मात्र होइन, भविष्यमा विश्वभरका कम्पनीहरूका लागि समाधान दिन सक्नेछ।”

स्टटका अनुसार प्रविधि २०२३ मै प्रक्षेपणका लागि तयार थियो र कम्पनीले २०२४ को सुरुआतमा सफल परीक्षण प्रक्षेपण सम्पन्न गरिसकेको छ।

बुधबारको प्रक्षेपणमा विभिन्न ग्राहक डेटा समावेश थियो जसमध्ये केही सरकारहरू विपद् व्यवस्थापनका लागि रूचि राखिरहेका थिए भने एक अन्तरिक्ष एजेन्सी ठूलो भाषा मोडेल परीक्षण गरिरहेको थियो। ब्यान्ड इम्याजिन ड्रागन्सले पनि सहभागिता जनाएको थियो, जसले स्टारफिल्ड स्पेस गेमको साउन्डट्र्याकबाट एक म्युजिक भिडियो पठाएकोरोयटर्सले उल्लेख गरेको छ।

लोनस्टार मात्र होइन, अन्य कम्पनीहरू पनि अन्तरिक्षमा डाटा सेन्टर बनाउने योजनामा छन्। २०२४ को वाई कम्बिनेटर समर ब्याचबाट आएको ल्युमेन अर्बिटले स्टारक्लाउड नाम राख्दै २१ मिलियन डलरभन्दा बढी लगानी जुटाएको छ।

एआईको हार्डवेयर माग तीव्र गतिमा बढिरहेकाले भविष्यमा थप कम्पनीहरू अन्तरिक्षमा भण्डारण समाधान खोज्ने सम्भावना छ। लगभग असीमित स्टोरेज क्षमता र सौर्य ऊर्जा उपलब्ध गराउने भएकाले अन्तरिक्ष डेटा सेन्टरहरूले पृथ्वीमा रहेका डेटा सेन्टरहरूभन्दा राम्रो लाभ दिन सक्छन्।

सबै योजना सफल भएमा, लोनस्टारले साइडस स्पेससँग मिलेर २०२७ देखि २०३० भित्र प्रक्षेपण गर्ने गरी ६ डेटा भण्डारण अन्तरिक्षयान निर्माण गर्नेछ।

“पेशेवर स्तर हेर्दा यो अविश्वसनीय छ,” स्टटले भने। “यो ६० वर्षअघिको अपोलो कार्यक्रम जस्तो होइन। अपोलो कम्प्युटरहरूसँग मात्र २ किलोबाइट र्याम र ३६ किलोबाइट स्टोरेज थियो। अहिले हामी फिशन पास्करीको १ गिगाबाइट र्याम  र ८ टेराबाइट स्टोरेज उडाइरहेका छौं। यो साँच्चै शानदार छ।”

Sajilo Visa

प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया