सात महिनामा ३० करोडमाथिको विद्युतीय चुलो आयात

Technology Khabar १५ फाल्गुन २०८१, बिहीबार

सात महिनामा ३० करोडमाथिको विद्युतीय चुलो आयात
सांकेतिक तस्विर
Global IME Bank

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को सातौं महिना माघ मसान्तसम्म नेपालमा ३० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

यो रकम अघिल्लो महिना अर्थात् पौष मसान्तसम्म २६ करोड १२ लाख ४६ हजार थियो। एक महिनाको अवधिमा ३ करोड ७७ लाख ५८ हजार रुपैयाँ बढेर ३० करोड नाघेको हो।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पौष मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ११ देशहरुबाट उक्त मूल्य बराबरका १ लाख ५२ हजार ५६० थान यस्ता विद्युतीय चुलोहरु आयात गरिएको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ४ करोड ३१ लाख ४३ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट २६ करोड १७ लाख ४१ हजार बराबरको १ लाख २९ हजार ८२६ थान तथा भारतबाट ३ करोड ९९ लाख ४५ हजार बराबरको २२ हजार ३५१ थान चुलो आएको छ।

यसैगरी कतारबाट २१ हजार बराबरको २६ थान, सिंगापुरबाट १६ हजार बराबरको २४ थान, बंगलादेशबाट ५ लाख ८१ हजार बराबरको ३३० थान,  मलेसियाबाट ३४ हजार बराबरको ७ थान, यूएईबाट २६ हजार बराबरको ११ थान, इजरायलबाट १ हजार बराबरको १ थान, बेलायतबाट २ हजार बराबरको २ थान, जर्मनीबाट ७ हजार बराबरको १ थान तथा इटलीबाट ९ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

Sajilo Visa

प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार