विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्सबाट पठन–पाठन गराउने एस्टोनिया विश्वको पहिलो देश

Technology Khabar १४ फाल्गुन २०८१, बुधबार

विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्सबाट पठन–पाठन गराउने एस्टोनिया विश्वको पहिलो देश
Global IME Bank

काठमाडौं ।

एस्टोनियाले आफ्नो राष्ट्रिय शिक्षा प्रणालीमा विशेष गरी शिक्षामा ‘च्याटबट्स’ र अन्य आर्टिफिसियल इन्टेलिजेन्स टुल्स (कृत्रिम बुद्धिमता उपकरणहरू) समावेश गर्नको लागि पहल सुरु गर्ने संसारमा पहिलो देश भएको इस्टोनिया सरकार, ओपनएआई र एन्ट्रोपिकले संयुक्त रुपमा घोषणा गरेका छन्।

सेप्टेम्बर १ तारिखदेखि, अर्थात् नयाँ विद्यालय वर्षको सुरुवातदेखि दश र एघार कक्षाका २०,००० हाई स्कूलका विद्यार्थीहरू र तिनीहरूका तीन हजार शिक्षकहरूले ओपनएआई कम्पनीको टुल (उपकरण) च्याटजीपीटी ईडीयूका साथै अन्य आर्टिफिसियल इन्टेलिजेन्स टुल्स (कृत्रिम बुद्धिमता उपकरणहरू) मा निःशुल्क पहुँच पाउने सरकारी घोषणामा भनिएको छ।

यो योजना अर्को वर्ष व्यावसायिक विद्यालय र दश कक्षाका विद्यार्थीहरूमा विस्तार गर्ने योजना रहेको बताइएको छ जसको अर्थ थप ३८,००० विद्यार्थी र दुई हजार शिक्षकहरू यसमा समावेश हुने युरेक्टिभले रिपोर्ट गरेको छ।

“एस्टोनियाको प्रतिस्पर्धात्मकता हामीले युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) को युगको लागि कत्तिको राम्रोसँग तयार गर्छौं भन्ने कुरामा निर्भर गर्दछ” भन्दै शिक्षा मन्त्री क्रिस्टिना कालासले इस्टोनियाले एआई लिप कार्यक्रम अन्तर्गत शिक्षक प्रशिक्षणमा ठूलो लगानी गर्ने थप उल्लेख गरिन्।

राष्ट्रपतिको डिजिटल काउन्सिल र शिक्षा तथा अनुसन्धान मन्त्रालयले विकास गरेको सार्वजनिक–निजी एआई लिप फाउन्डेसनद्वारा आयोजित सहयोग गरेको उक्त कार्यक्रममा धेरै निजी उद्यमीहरुको सहभागिता रहनेछ।

घोषणा अनुसार फाउन्डेसनको कार्य, सदस्य र कोषको मोडेलको विवरण मार्चमा तय गरिनेछ।

सथै घोषणामा ओपनएआई र एन्ट्रोपिक कम्पनीहरूसँग वार्ता सुरु भएको र अन्य प्रदायकहरूलाई समावेश गर्ने योजना पनि रहेको टेलीग्राफीले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार