Technology Khabar १४ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
सन् २०२४ को अक्टोबर महिनादेखि, इन्डोनेसियाले आईफोन १६ सिरिजको बिक्रीमा प्रतिबन्ध लगाएको थियो। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चौथो देश इन्डोनेसिया र एप्पलले मंगलबार प्रतिबन्ध हटाउने सम्झौता गरेको छन्।
उक्त सम्झौतासँगै पाँच महिनाको विवाद समाप्त हुने भएको छ र क्युपर्टिनो जायन्टले इन्डोनेसियामा लगानीको लागि आफ्नो प्रतिबद्धतालाई १ बिलियन अमेरिकी डलरमा बढाउने वाचा गरेको छ।
प्रतिबन्धलाई समर्थन गर्ने उद्योग मन्त्रालयले यस हप्ताको सुरुमा एप्पलसँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
त्यसैगरी एक प्रेस सम्मेलन गर्ने योजना पनि गरिएको र मन्त्रालयले आईफोन १६ को बिक्रीलाई सकेसम्म चाँडो अनुमति दिन आवश्यक प्रक्रिया जारी गर्ने लक्ष्य राखेको उल्लेख छ।
एप्पलको आईफोन १६ ले यसको कम्तीमा ४० प्रतिशत कम्पोनेन्ट स्थानीय रूपमा उत्पादन गर्नुपर्ने आवश्यकता पूरा नगरेको कारण विवाद अक्टोबर महिनादेखि सुरु भएको थियो।
सेन्ट्रलाईज्ड इक्विपमेन्ट आइडेन्टिटी रजिस्टर (सीईआईआर) प्रणालीबाट प्राप्त डाटाको आधारमा जनवरी महिनाको सुरुमा, हजारौं आईफोन १६ इकाइहरू देशमा प्रवेश गरिसकेका थिए।
एप्पलले हाल इन्डोनेसियामा आईफोनहरू निर्माण गर्ने योजना नभएको उल्लेख गरिएको छ।
एप्पलको १ बिलियन डलरको लगानी योजनामा एयरट्यागका लागि बाटम आइल्याण्ड (टापु)मा निर्माण कारखाना निर्माण गर्ने योजनामा समावेश रहेको उल्लेख गरिएको छ।
यस बाहेक, एप्पलले बान्डुङ्गमा एक्सेसरिजहरूका लागि अर्को कारखाना निर्माण गर्ने योजना बनाएको र विद्यार्थीहरूलाई कोडिङ जस्ता प्राविधिक सीपहरू प्रदान गर्न एप्पल एकेडेमीहरूलाई कोष जारी राख्ने योजना रहेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार