के आर्टिफिसियल इन्टेलिजेन्सले कामदारहरूलाई प्रतिस्थापन गरिरहेको छ? प्रमुख एसियाली बैंकले ४ हजार कर्मचारी कटौती गर्ने घोषणा

Technology Khabar १४ फाल्गुन २०८१, बुधबार

के आर्टिफिसियल इन्टेलिजेन्सले कामदारहरूलाई प्रतिस्थापन गरिरहेको छ? प्रमुख एसियाली बैंकले ४ हजार कर्मचारी कटौती गर्ने घोषणा
Global IME Bank

काठमाडौं ।

हाल मानिसहरूले गर्ने कामहरूलाई आर्टिफिशियल इन्टेलिजेन्स (एआई) ले प्रतिस्थापन गरेसँगै सिंगापुरको सबैभन्दा ठूलो बैंकले आगामी तीन वर्षमा ४,००० पदहरू कटौती गर्ने अपेक्षा गरेको छ।

कटौतीबाट स्थायी कर्मचारी भने प्रभावित हुने अपेक्षा नगरिएको घोषणा गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पियुष गुप्ताले पनि यसले एआई सम्बन्धी करिब १,००० नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरेको बताएका छन्। यसले डीबीएसलाई एआईले यसको सञ्चालनलाई कसरी प्रभाव पार्छ भनेर विवरणहरू प्रदान गर्ने पहिलो प्रमुख बैंक बनाएको छ।

डीबीएसमा हाल ८,००० देखि ९,००० को बीचमा अस्थायी र करार कामदारहरू छन् भनि बीबीसीले उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गर्दछ।
साथै, बैंकले कूल ४१,००० जनालाई रोजगारी दिएको उल्लेख छ।

गत वर्ष, गुप्ताले डीबीएसले एआईमा एक दशकभन्दा बढी समयदेखि काम गरिरहेको बताएका थिए। “हामी हाल ३५० प्रयोग केसहरूमा ८०० वटा एआई मोडेलहरू प्रयोग गर्दछौं र तिनीहरूको मापन गरिएको आर्थिक प्रभाव सन् २०२५ सम्ममा १ बिलियन अमेरिकी डलर भन्दा बढी हुने अपेक्षा गर्दछौं” गुप्ताले भने।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पियुष गुप्ताले मार्चको अन्त्यमा डीबीएस छाड्नेछन् भने उनलाई वर्तमान डेपुटी तान सु शानले प्रतिस्थापन गर्नेछन्।

एआई प्रविधिको निरन्तर प्रसारले यसको फाइदा र जोखिमहरूलाई स्पटलाइटमा राखेको अवस्थामा, इन्टरनेश्नल मनिटेरी फण्ड –आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) ले सन् २०२४ मा एआईले विश्वव्यापी सबै रोजगारहरूको लगभग ४० प्रतिशत प्रभावित गर्ने बताएको छ।

आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले “धेरै अवस्थामा, एआईले समग्र असमानतालाई बिग्रने सम्भावना छ” भनि बताएको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया