टेस्लाद्वारा चीनमा अटोपाइलट सफ्टवेयर अपडेट, सोचेजस्तो नभएको सवारीधनीको गुनासो

Technology Khabar १४ फाल्गुन २०८१, बुधबार

टेस्लाद्वारा चीनमा अटोपाइलट सफ्टवेयर अपडेट, सोचेजस्तो नभएको सवारीधनीको गुनासो
Global IME Bank

काठमाडौं ।

टेस्लाले मंगलबार चीनमा आफ्नो अटोपाइलट सफ्टवेयरको लामो समयदेखि प्रतिक्षित अपडेट जारी गरेको छ जसमा सहरको नेभिगेसन फिचर थप गरिएको छ। तर यो कदमले ईलन मस्कले गरेका वाचा पूरा नभएको भन्दै चिनियाँ सवारीधनीहरूलाई निराश बनाएको छ।

अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनीले आफ्नो एपमा सूचनासहित नयाँ क्षमताहरूमा गति र मार्गअनुसार लेन परिवर्तन गर्ने, चोकहरूमा ट्राफिक बत्तीहरू पत्ता लगाउने र मोडिने निर्णय गर्ने सुविधा समावेश भएको जनाएको छ। साथै कारभित्रको क्यामेराले चालकको ध्यान अनुगमन गर्नेछ।

रोयटर्सका अनुसार यी फिचरहरू टेस्लाको “फुल सेल्फ ड्राइभिङ” (एफएसडी) मा उपलब्ध सुविधाहरूजस्तै भए पनि, चिनियाँ सडकहरू र ट्राफिक नियमहरूबारे प्रयाप्त डाटा प्रशिक्षण नभएकाले अमेरिकी संस्करणभन्दा कम विकसित रहेको घटनासँग प्रत्यक्ष जानकारी भएका व्यक्तिले बताएका छन्।

एफएसडी एक प्रकारको ड्राइभिङ सहायक प्रविधि हो, जुन जटिल ट्राफिक अवस्थाको सामना गर्नका लागि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर विकास गरिएको छ, जबकि अटोपाइलटले सामान्य ट्राफिक अवस्थाहरू सम्हाल्छ।

मस्कले चीनमा पूर्ण अटोपाइलट र एफएसडी प्रणाली ल्याउन चाहेका छन्, तर अमेरिकी र चिनियाँ सरकारहरूले लगाएका प्रविधि प्रतिबन्धका कारण यो चुनौतीपूर्ण भइरहेको उनले बताएका छन्। कम्पनीले २०२४ को अन्त्यसम्म ल्याउने लक्ष्य राखेको भए पनि, अब यसलाई यस वर्षका लागि सारिएको छ।

धेरै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो अपडेटलाई निराशाजनक बताएका छन्, किनभने टेस्लाले वर्षौंदेखि प्रचार गर्दै आएका क्षमताहरू पूरा हुन सकेका छैनन्। साथै, चिनियाँ प्रतिस्पर्धी कार निर्माता कम्पनीहरूले समान ड्राइभर-सहायक सुविधाहरू कम मूल्यमा वा निःशुल्क उपलब्ध गराइरहेको बताएका छन्।

चीनको पूर्वी झेजियाङ प्रान्तका टेस्ला कार मालिक लु पानपानले भने, उनले २०१९ मा आफ्नो लङ रेञ्ज मोडल ३ किन्दा एफएसडी सफ्टवेयरका लागि ५६,००० युआन (७,७२० डलर) तिरेका थिए, तर यसको सुविधाहरूमा पर्याप्त अपडेट नपाउँदा निराश भएका छन्।

“हामीलाई थाहा छ कि टेस्लालाई सीमित प्रणाली प्रदान गर्न बाध्य बनाइएको छ … ,” लुले भने। “चिनियाँ गाडीहरूको स्मार्ट-ड्राइभिङ क्षमतासँग टेस्लाले प्रतिस्पर्धा गर्न गाह्रो भएको छ, जसले यसको महँगो मूल्यलाई झन् अव्यावहारिक बनाउँछ।”

टेस्लाले एफएसडी सफ्टवेयरको सीमित संस्करण प्रयोग गर्न आफ्ना ग्राहकहरूलाई झन्डै ९,००० डलर थप शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ, जबकि यसको विद्युतीय गाडीहरू ३२,००० डलरबाट सुरु हुन्छन्।

तुलनात्मक रूपमा शाओमीको एसयू७ विद्युतीय सेडान, जसको मूल्य डलर २९ हजार ७०० बाट सुरु हुन्छ र मासिक रूपमा चीनमा टेस्लाको मोडल ३ भन्दा बढी बिक्री भएको छ। यसले निःशुल्क सहर नेभिगेसन सहितको उन्नत स्मार्ट-ड्राइभिङ प्रणाली प्रदान गर्छ।

यसै महिनाको सुरुमा बीवाईडीले पनि आफ्नो अधिकांश मोडेलहरूमा उन्नत स्वचालित-ड्राइभिङ सुविधाहरू निःशुल्क प्रदान गर्न थालेको छ।

टेस्लाले आफ्ना ईभीहरू (३२ हजार डलरबाट सुरु) मा सीमित संस्करणको एफएसडी सफ्टवेयर पहुँच गर्न आफ्ना ग्राहकहरूलाई लगभग ९ हजार डलर थप शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।

टेस्लाको अटो पाइलट अपडेट बीवाईडीको मध्यस्तरीय गड्स आई प्रणालीको संस्करणसँग समानस्तरमा छ, जसले उन्नत कम्प्युटिङ र लिडार प्रविधि प्रयोग गरेर कारको वरिपरिको थ्रीडी फोटोहरू तयार गर्छ र अवरोधहरूबाट नेभिगेसनमा सहायता पुर्‍याउँछ।

यो सुविधा यसको प्रिमियम ब्रान्ड डेञ्जा तथा उच्च मूल्यका डाइनास्टी र ‌ओसन शृंखलाका मोडेलहरूमा उपलब्ध छ।

Sajilo Visa

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार