सेक्रेटिभ एक्स–३७बी स्पेस प्लेनले पृथ्वीको कक्षबाट खिच्यो दुर्लभ तस्वीर

Technology Khabar १३ फाल्गुन २०८१, मंगलवार

सेक्रेटिभ एक्स–३७बी स्पेस प्लेनले पृथ्वीको कक्षबाट खिच्यो दुर्लभ तस्वीर
फोटो सौजन्यः यूएस स्पेस फोर्स
Global IME Bank

काठमाडौं ।

यो हप्ता यूएस स्पेस फोर्सले गत वर्ष एक्स–३७बी द्वारा खिचिएको तस्बिर साझा गरेको छ जसमा पृथ्वी र उक्त विमानको आफ्नै केही अंश देख्न सकिन्छ।

एक्स–३७बी सन् २०२३ को डिसेम्बरदेखि आफ्नो सातौं मिसनको लागि अन्तरिक्षमा रहँदै आएको छ। सन् २०२३ को अन्त्यमा प्रक्षेपण गरिएको यो मिशनमा के समावेश छ भन्नेबारे धेरै थाहा छैन।

सन् २०२२ मा समेटिएको यसको अघिल्लो उडानले ९०८ दिन कक्षामा लगिङ गरेर अन्तरिक्ष विमानको लागि नयाँ ङन्ड्यूरेन्स रेकर्ड (सहनशीलता कीर्तिमान) बनाएको थियो।

उक्त फोटोमार्टफत् यसले अन्तरिक्षमा एक्स–३७बीको दुर्लभ रूप प्रदान गरेको उल्लेख छ।

“भेहिकलको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न प्रयोग गरिएको एक्स–३७बी अनबोर्ड क्यामराले सन् २०२४ मा एचईओमा प्रयोग गर्दा पृथ्वीको तस्बिर खिचेको” स्पेस फोर्सले एक्समा लेखेको छ।

हालको मिशनमा बोइङले बनाएको एक्स–३७बी ले एरोब्रेकिङ वा “पृथ्वीको वायुमण्डलको ड्र्याग प्रयोग गरेर पासहरूको सिरिज” मार्फत परिक्रमा परिवर्तन गर्ने थप फ्यूल इफिसियेन्ट मेथडका रूपमा चिनिने चाल प्रयोग गरेको यो पहिलो पटक भएको बताइएको छ।

गत अक्टोबरमा भेहिकलले प्रक्रिया सुरु गरेको र पछिल्लो अपडेटले यो सफल भएको संकेत गर्ने स्पेस फोर्सले बताएको छ।

“एक्स–३७बी ले न्यूनतम इन्धन प्रयोग गरेर आफ्नो कक्षालाई सुरक्षित रूपमा परिवर्तन गर्नको लागि एरोब्रेकिङ भनिने पहिलो प्रकारको म्यान्युभर्स (युद्धाभ्यासहरू) को एक श्रृंखला कार्यान्वयन गरेको” स्पेस फोर्सले उल्लेख गरेको छ।

यो मिशन कति लामो सम्म जाने अपेक्षा गरिएको छ भन्ने बारे थाहा नभएको इनग्याजेटले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया